धरानमा वामपन्थीको गढ तोड्न २०१५ सालमै सफल चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) को भित्री पाटो

आज देश तथा समाजको लागि कुनै योगदान नगरेका व्यक्तिहरु चर्चामा आउन अनेकौ कथकण्डा अपनाउँछन् । हुन त अहिलेको समय संचारकै हो । सामाजिक सञ्जालदेखि प्रिन्ट मिडिया, इलेक्ट्रोनिक मिडियालाई उपयोग गरेर चर्चा कमाउनेहरु यहाँ बगे्रल्ती भेटिन्छन् । कतिपय व्यक्तिहरु राष्ट्रका लागि योगदान गरिरहन्छन्, समाजलाई निरन्तर केही न केही
दिइरन्छन् । अर्थात उनीहरु पर्दा पछाडि नै बसेर आफ्नो कर्तव्य गरिरहन्छन् ।
यही कोटीमा दरिनु हुन्छ चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) । प्रचार नचाहने गुमनाम झै तर पनि धरानेहरुका बीचमा परिचित व्यक्तित्व चन्द्र सर नेपालको प्रजातान्त्रिक आन्दोलनका मुर्धन्य, समाजिक तथा धार्मिक क्षेत्र उत्थान र प्रवद्र्धनमा निरन्तर समर्पित व्यक्तित्व । चन्द्र सरकै सक्रियतामा आज भन्दा ५८ बर्ष अगाडि बामपन्थीहरुको गढ मानिएको धरानमा त्यो गढ भत्किएको थियो । अर्थात २०१५ सालमा तत्कालीन क्षेत्र नं. ३३ धरानमा नेपाली काँग्रेसले शानदार विजय हाँसिल गरेको थियो । त्यसपछिका दिनहरु सदैव वामपन्थीहरुकै वर्चस्व रहँदै आएको धरान आज पनि त्यस्तै छ ।
धरानमा वामपन्थीहरुको गढ तोड्न २०१५ सालमै सफल चन्द्रप्रसाद श्रेष्ठ
(चन्द्र सर) को यस पटक हामीले केही हदसम्म भएपनि भित्री पाटो खोज्ने प्रयास गरेका छौं । वि.सं. २०१४ सालदेखि नेपाली काँग्रेसमा आवद्ध चन्द्रप्रसाद श्रेष्ठ अर्थात चन्द्र सरले त्यसबेला धरानमा स्व.गोशमान श्रेष्ठबाट पार्टीको सदायता लिनु भएको थियो । घरैमा आएर नेपाली काँग्रेसको सदस्य लिनुपर्छ भन्नुभयो । उहाँ त्यसबेला पूर्वाञ्चल क्षेत्रकै पार्टीको हर्ताकर्ता हुनुहुन्थ्यो । खासगरी त्यसबेला गणेशमान श्रेष्ठ र भागवत गोविन्द श्रेष्ठ हर्ताकर्ता मानिनुहुन्थ्यो । काँग्रेसमा प्रवेश गर्नु भन्दा अगाडि उहाँले केही जिज्ञासा दुवै समक्ष राख्नु भएको थियो । उहाँहरुले पार्टीको आदर्श, मूल्य र मान्यता आदिका बारेमा प्रष्ट पारेपछि उहाँ पार्टीमा प्रवेश गर्न राजी हुनुभएको थियो । उहाँलाई पार्टीमा उपयुक्त स्थान दिने समेत बताएपछि उहाँले श्रेष्ठद्वयको अनुरोधलाई स्विकार गर्नुभएको थियो ।
काँग्रेसको सदस्यता ग्रहण गरेपछि उहाँ अत्यन्तै सक्रिय हुनुभयो । त्यसभन्दा अगाडि धरानमा नेपाली काँग्रेसको संस्थागत रुपमा कमिटीहरु थिएनन् । उहाँहरुले सुरुमै चन्द्रप्रसाद श्रेष्ठलाई तपाई सचिव पदमा बस्नुपर्छ भनेर आग्रह गर्नुभयो । त्यसबेला जिल्ला, क्षेत्र जस्ता कुनै कमिटी थिएन । केवल नगर सचिवको रुपमा त्यसलाई बुझ्ने गरिए पनि त्यो बेला चतरा, भरौल, चकरघट्टी, कालान्जार, पानमारा, हाँसापोसा, विष्णृु पादुका सबै हेर्नुपथ्र्यो । २०१४ सालमा उहाँ सचिव भएपछि संगठन विस्तारमा लाग्नुभयो । त्यसबेलाको अध्यक्ष भागवत गोविन्द श्रेष्ठ हुनुहुन्थ्यो । त्यसपछि हर्कबहादुर लगायत विभिन्न व्यक्ति सहभागी एउटा कमिटी बन्यो । २०१५ सालको चुनावको तयार समेत हुँदै थियो । २०१४ सालको सत्याग्रह चल्दै थियो निर्वाचनकै लागि । त्यो सत्याग्रहमा सहभागी हुनुभएका चन्द्रप्रसाद श्रेष्ठको मुख्य भूमिका थियो । सत्याग्रह पश्चात निर्वाचनको घोषणा भएपछि श्रेष्ठमा खुशीको सीमा रहेन ।
त्यसैबेला धरानमा वामपन्थीहरु सशक्त र बलिया थिए । जुनसुकै हिसाबले पनि बामपन्थीहरु यहाँ बलिया थिए । त्यो बापन्थीहरुको जमातलाई नभत्काई काँग्रेस अगाडि बढ्न सक्ने अवस्था थिएन । कस्तो अवस्था सम्म थियो भने गोरखा परिषद् भन्ने भरत समशेर जबराको पार्टी पनि थियो । त्यो यहाँ केही सक्रिय थियो । त्यसका कार्यकर्ताहरु बामपन्थीहरुको दबदबा, त्रास, भयले उनीहरु बीच बजारबाट हिड्न सक्दैनथे । त्यस्तो बेलामा चन्द्र सरले पार्टीको सगठन गर्नु भएको थियो । त्यही क्रममा अर्थात २०१५ सालको निर्वाचनताका एकजना कट्टर वामपन्थी जो आज धरानेहरुका माझमा हुनुहुन्न, टेकबहादुर कार्की
धरान वडा नं. १६ स्थायी घर भएकालाई चन्द्र सरले नेपाली काँग्रेसको सदस्य बनाउनुभयो ।
त्यो थाहा पाएपछि धरानको पामन्थीका लिडर विकेटी हमालले टेकबहादुर कार्कीको घरमा पुगी काँग्रेसको सदस्यता फिर्ता गर्न अनेकौ प्रलोभन दिनुभयो । आफू काँग्रेसमा प्रवेश गरिसकेकोले अब वापन्थीमा नफर्कने अडान कार्कीले लिनुभयो । तर कार्कीको त्यो अडान धेरै समय टिक्न सकेन । काँँग्रेसको सदस्यता फिर्ता वा राजीनामा नगरेसम्म विकेटी हमाल कार्कीको घरमा अनसन नै बस्नुभयो । अन्तमा बाध्य भएर कार्कीले नेपाली कँग्रेसको सदस्यता छोड्नु भएको थियो । धरानमा वामपन्थीहरुको अवस्था त्यसबेला अत्यनै बलियो थियो । कतिसम्म भने सरकारी निर्णयलाई उल्ट्याएर पार्टीको निर्णय लागू हुन्थ्यो । उदाहरणको लागि धरानमा भागवत काजी भन्नाले प्रा.डा. विक्रम श्रेष्ठका पिता, मोतिराज ताम्राकार र सतिशचन्द्र गिरी यी तीन जनाको वामपन्थी पार्टीमा हाइकमाण्ड चल्थ्यो । सरकारी निर्णयलाई उल्ट्याएर यी तीन जनाले गरेको निर्णय लागू हुन्थ्यो । चुनाव आइसकेको थियो अर्थात २०१५ सालको चुनाव निकट भएकोले चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर), गणेशमान श्रेष्ठले समेत कुरै कुरामा तपाईहरु कँग्रेसमा प्रवेश गर्नुप¥यो, यहाँबाट कँग्रेसलाई जिताउनु प¥यो भनेर आग्रह गर्नुभयो । उहाँहरुलाई अर्थात तीनै जनालाई गिरिजाप्रसाद कोइरालाासँग भेट गर्न विराटनगर लिएर जानुभयो ।
गिरिजाप्रसाद काइरालासँगको भेट पश्चात र केही समय वार्ता भएपछि उहाँहरु तीनै जना कँग्रेसमा प्रवेश गर्नुभयो । वामपन्थीका तीन जना हस्तीहरु नेपाली कँग्रेसमा प्रवशे गर्नु र सशक्त संगठनका कारण निर्वाचनमा काँग्रेसले जित्यो । युवा वर्गमा वामपन्थीको पकड र बुज्रुक वर्गमा काँग्रेसको पकड थियो । यो क्षेत्र नं. ३३ मा पर्दथ्यो । त्यसबेला काँग्रेसबाट डिठ्ठा ज्ञानचन्द्र चौधरी उमेद्वार हुनुहुन्थ्यो भने वापन्थीबाट दिव्यराज आचार्य उमेद्वार हुनुहुन्थ्यो ।
चुनावमा आफनो पकड बलियो बनाउन चन्द सरले घरदैलो अभियानलाई २४ सै घण्टा कायम
राख्नुभयो । घर दैलोको क्रममा भित्रभित्रै नेपाली काँग्रेसको पकड राम्रो देखिदै गयो । चुनावमा धरान जस्तो क्षेत्रबाट १ सय ४८ मतबढी ल्याएर नेपाली काँग्रेसका उमेदवार चौधरी निर्वाचित हुनुभयो । वामपन्थीको गढ, लालकिल्ला तोडियो , लालकिल्ला तोड्दा नेताहरुले बधाई
दिए । त्यसरी नै ०१५ सालको पहिलो आम निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । त्यसपछिका निर्वाचनमा नेपाली काँग्रेसको संगठन कमजोर भयो वा साथीहरुको संगठन गर्ने तरिका गलत भएर हो वा के
कारणले हाल सम्म यहाँबाट नेपाली काँग्रेसले चुनावमा जित्न सकेको छैन । चन्द्र सर कुशल सगठनकर्ता, पार्टीको इमान्दार सिपाहीमात्र नभएर एक शिक्षाप्रेमी समेत हुनुहुन्थ्यो । वि.सं. १९९३ साल जेष्ठ १ गते जन्मनु भएका श्रेष्ठले धरानको सार्वजनिक पुस्तकालको २०१४ सालदेखि २०१८ सालसम्म सञ्चालक समितिको मन्त्री (सचिव) भएर काम गर्नुभयो । हाल क्षेत्रीय पुस्तकालयको रुपमा धरान २ मा सञ्चालन हुँदै आएको पुस्तकालयको स्थापना २००५ सालमा पण्डित छविलाल पोखेल, पण्डित
मेघराज शर्मा, पण्डित दिनानाथ शर्मा, गणेशमान श्रेष्ठले गर्नुभएको थियो । वि.सं. २०१८ सालमा तकालीन धरान नगर पञ्चायतका कामु प्रधानपञ्च श्याम गोविन्द श्रेष्ठ छँदा हालको क्षेत्रीय पुस्तकालय नगर पञ्चायतलाई हस्तान्तरण गरिएको थियो ।
त्यसपछि २०१६ सालमा बीपी प्रधानमन्त्री भइसकेपछि उहाँ पूर्वाञ्चलको भ्रमणमा आउनुभयो र धनकुटादेखि भ्रमण शुरु गर्नुभयो ।
धरानमा पनि सचिवको नाताले बीपीको स्वागतका लागि उहाँले भव्य तयारी गर्नुभयो । देश कसरी बनाउने भन्ने कुरामा धरानमा बीपीले राम्रो प्रभाव छाडेर जानुभयो । त्यसमा धरानका जनताले उत्सापूर्वक सहभागिता जनाएका थिए । संगठन गर्दा गर्दै धरान एक प्रकारले काँग्रेसक प्रभाव क्षेत्र जस्तो देखिन थालेको थियो । त्यसै क्रममा २०१७ साल पौष १ गते प्रजातन्त्र ‘कु’ भयो । त्यसबेला चन्द्रसरसँग धेरै पार्टीका कागजपत्रहरु थिए, प्रहरीको निगरानीमा उहाँलाई राखियो । जसका कारण चन्द्र सर समेत अन्डर ग्राउन्ड हुनुभयो । घरमा बस्दा प्रहरीले गिराÏतार गर्ने भएकोले गाउँ गाउँमा गएर केही समेत बस्नुभयो । केन्द्रीय स्तरका बरिष्ठ नेताहरु गिराÏतार भएपछि तल्लोस्तरका कार्यकर्ताहरुलाई त्यति वास्ता गर्न छोड्यो , धरपकड गर्न छोडयो । त्यसपछि चन्द्र सर घर फर्किएर आफनो घर व्यवहारमा लाग्नुभयो । ०१७ सालपछिको आतंकपूर्ण अवस्था हेर्दा बाँच्न सकिएला जस्तो चन्द्रसरलाई लागेको थिएन । उहाँ भन्ुहुन्छ बाचिन्छ जस्तो लागेकै थिएन । कति जेल बस्नुपर्ला भन्ने पनि लागेको थियो उहाँलाई । तर चन्द्र सरले जेलचाहिँ बस्नु परेन । तर उहाँलाई आतंकितचाहिँ बनाइयो ।
वि.सं. २०१७ सालपछि २०१९ सालमा भएको पञ्चायतको स्थानीय तहको निर्वाचनमा काँग्रेस समर्थक उमेद्वारलाई जिताउन भित्री रुपमा चन्द्र सरले अहम् भूमिका खेल्नुभएको थियो । हालको धरान उपमहानगरपालिका वडा नं. १४ त्यसबेला वडा न.े ११ मा पर्दथ्यो । पञ्चायतका तर्फबाट पदम नरसिंह श्रेष्ठ वडा अधयक्षको रुपमा उमेद्वार बन्नुभएको थियो भने उहाँको प्रतिद्वन्द्वीको रुपमा नेपाली काँग्रेस समर्थक लेखनाथ भट्टरालाई उमेद्वार बनाइएको थियो । उक्त स्थानीय तहको निर्वाचनमा केही पञ्चहरुले बुथ कब्जा गर्ने कुचेष्टासमेत गरे तर चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर)ले प्रतिकार गरेका कारण पञ्चहरुको त्यो प्रयास सफल हुन सकेन । तत्कलै यो कुराको जानकारी तत्कालीन अञ्चलाधीश शिवबहादुर थापा समक्ष पुग्यो । अञ्चलाधीश थापाले उहाँलाई धम्कीपूर्ण भाषा दिँदै जेल समेत हाल्ने बताए । तर उहाँलाई अञ्चलाधीशको त्यस प्रकारको धम्कीले कुनै असर गरेन र उहाँ पार्टीको संगठन गर्न भित्रि रुपमा अझ सक्रिय हुनुभयो ।
त्यसपछि २०२४ सालमा उहाँ शारदा बालिका स्कुलमा शिक्षण पेशामा आवद्ध हुनुभयो । केही समयको लागि मात्र शिक्षण पेशामा जानुभएका चन्द्र सरलाई पछि व्यवस्थापन समितिले स्कुल छोड्न दिएन । उहाँ त्यसपछि शिक्षण पेशाामै सक्रिय रहनु भयो । यद्यपि उहाँले पार्टीको राजनीतिचाहिँ छोड्नु भएन । तर पहिलाको जस्तो सक्रियता उहाँको केही कम भयो । पार्टीका गतिविधि, चिठ्ठीपत्र, उहाँकोमा आइरहन्थ्यो । त्यस्ता पर्चा, पम्प्लेट, भित्री रुपमा वितरण गर्ने, साथीहरुलाई गोप्य रुपमा पढाउने काम गर्नुभयो । पिताजीकै कारण छोरा सुनिल चन्द्र श्रेष्ठ समेत पार्टीको गतिविधिमा लाग्नुभयो । पञ्चायतको त्यो भयावह अवस्थामा समेत उहाँको सुपुत्र सुनिल चन्द्रको सक्रियताले धरानमा संगठन विस्तारमा राम्रो प्रभाव प¥यो । जसको कारण २०४६ सालपछिको पहिलो आम निर्वाचनमा सुनिलचन्द्र श्रेष्ठ धरान वडा नं. १२ बाट वडाध्यक्षमा नेपाली काँग्रेबाट अत्याधिक बहुमतले विजयी हुनुभएको थियो ।
वि.सं. २०१५ सालको निर्वाचन अगाडि चन्द्र सर आफ्नो ससुराली इनरुवा जाँदा दिलबहादुर श्रेष्ठले उहाँलाई भन्नुभयो भानिज तपाई हाम्रो पार्टीमा आउनुस्, काँगे्रस छाड्नुस । हुन त म पनि काँँग्रेसको हितैषी हुँ तर पनि तपाई हाम्रो पार्टीमा आउनुस् भन्नुभयो । तर चन्द्र सरले उहाँलाई जवाफ दिनुभयो, मामा हेर्नुस तपाई काँग्रेसको हितैषी हो भने तपाई नै नेपाली काँग्रेसमा आउनुस् । त्यसपछि त्यहाँको महोल अर्कै भएको थियो । दिलबहादुर श्रेष्ठले उहाँको जवाफबाट असजिलो महसुस गर्नुभएको थियो । सायद त्यसैको प्रभाव वा इष्र्याले हुन सक्छ २०२७ सालमा शाखा अधिकृत पदको लागि लोकसेवा भिड्दा मसँगै लोकसेवा दिएका साथी सबै पाए भए मेरो नाम निस्केन चन्द्र सरले भन्नुभयो । पछि उहाँले पत्ता लगाउँदा ठूलै मान्छेले उहाँलाई अत भनेर रिपोर्ट गरेको रहेछ । त्यो रिपोर्ट स्वयम दिलबहदाुर श्रेष्ठले गरेका थिए ।
अराष्ट्रिय तत्वमा उहाँको नाम मुछिएकोले उहाँले जागिरबाट हात धुनुप¥यो । त्यसको केही समयपश्चात होमबहादुर श्रेष्ठ (ढुले बाबु) स्वास्थ्य मन्त्री हुँदा भानिज तपाई एकपटक मकहाँ आउनुस् मैले तपाइको बारेमा थाहा पाए म तर्पाको काम गरिदिन्छु भन्नुभयो । तर चन्द्र सरले जवाफ दिनुभयो मामा हेर्नुस अब मलाई तपाईहरुको जागिर खानु छैन । म तपाईहरुको जागिर खान्न भनेर उहाँ बस्नुभयो । त्यसरी त्यसबेला काँग्रेस भएको नाताले उहाँलाई ठूलो मानसिक तनाव दिइयो । त्यो मानसिक तनाव आज पर्यन्त उहाँमा छँदैछ । त्यसपछि उहाँले भित्रभित्रै पार्टीको संगठन गर्दै जानुभयो । त्यसै क्रममा वि.सं. २०३३ सालमा………। क्रमशः–
(कुराकानीको आधारमा)

तपाईको प्रतिक्रिया