धरान, ÷जहा समस्या त्यहाँ उपाय भनेझै सुनसरीका भरौलबासीले आफ्नो समस्या आफै समाधान गरेका छन् । बर्षौदेखि बाटो अभावका कारण समस्या झेल्दै आएका उनीहरुले कसैको मुख नताकि बाटो निर्माण जुटे र सफल पनि भए ।
बाटोको समस्याका कारण विभिन्न समस्या झेल्दै आएका भरौलबासीहरुले आफ्नै जनश्रमदानबाट बाटो निर्माण गरेर जीवनयापन नै सहज बनाएका छन् ।
एक बर्ष अगाडि यस गाउका मानिसहरु बाटै समस्याका कारण विरामी हुदा अस्पताल समयमा नपुग्ने, यहा उब्जनी भएका कृषि सामाग्री तथा पशुपालनबाट उत्पादनभएका मासु तथा दूध बजारसम्म पु¥याउन नसक्दा उनीहरुको श्रम त्यसै खेर जाने गरेको थियो । तर भरौलबासीले भरौलदेखि
धरानसम्म जोड्ने ९ किमी बाटो आफै श्रमबाट बनाएपछि भने अहिले उनीहरुको जीवनयावनमा नै सहज बनेको स्थानीयहरु बताउछन् ।
बाटोमा समस्याका कारण विरामीहुदा एम्बुलेन्स नपुग्ने र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म विरामी ल्याउन नपाउदा बाटैमा मृत्युवरण हुुनुपने, यहा उब्जनी भएको कृषि सामाग्रीको उचित भाउ नहुदा कृषकको जीवनस्तर उक्सन नसकेको जस्ता कठिनाई भएपनि बाटो निर्माण समिति नै बनाएर गाउलेकै जनश्रमदानबाट तीन हप्तामा ९ किमी कच्ची बाटो निर्माण गरेको समितिका अध्यक्ष विष्णुकुमार राईले बताउनुभयो ।
बाटो निर्माणपश्चात अहिले सहज भएको उहाको भनाई छ । आलोपालो गरेर गाविसका २५ जनाले सो बाटो तीन हप्तामा निर्माण गरेको भएपनि अझै समस्या पूर्ण रुपमा नटहरेको स्थानीयको भनाई छ । धरान र भरौललाई जोड्ने सर्दु खोलामा पुल नहुदा बर्षातको समयमा अझै पनि धरानसंग सम्पर्क विच्छेद हुने स्थानीय भोजराज घलेले बताउनुभयो । सांसदकोषबाट आएको १० लाख यही क्षेत्रमा खर्च गरिने योजना भएकोले अन्य थप दाताहरुसंग सहयोग संकलन गरेर पुल निर्माण गर्ने लक्ष्य रहेको उहाको भनाई छ ।
३० मिटर पुलको निर्माण गर्दा करिब १ करोड लाग्ने भएकोले गाउलेले मात्र त्यस्तो रकम संकलन गर्न नसक्ने भएकोले पनि पुल निर्माणका लागि दाताहरुको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय घलेको भनाई छ ।
बाटो निर्माणपश्चात गाउले अझै हौसिएका छन् । गाउमा सिचाई आयोजना आएसंगै हौसिएका उनीहरु धरान १७ कुम्भीआहालदेखि भरौलसम्मको यो बाटोलाई पक्की बनाउने र पुल निर्माण गर्ने कुरामा कम्मर कसरे लागि
परेका छन् ।
