बुढासुब्बा प्रमोसन कपमा पत्रकार र खेलकुद विकास समिति भिड्दै

धरान÷ १९ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको प्रमोसन कप प्रतियोगिताको उपाधिका लागि नेपाल पत्रकार महासंघ सुनसरी र जिल्ला खेलकुद विकास समिति सुनसरी भिड्ने भएका छन् ।
धरान १७ एन्फा एकाडेमीको खेलमैदानमा सोमबार भएको सेमिफाइलन खेलहरुबाट विजयी बन्दै पत्रकार र खेलकुद समिति फाइनलमा भिड्ने भएका हुन् ।
सोमबार भएको पहिलो सेमी फाइनल खेलमा खेलकुद समितिले प्याब्सन÷एनप्याब्सनको टिमलाई २–० गोल अन्तरले पराजित गर्दै फाइलनमा पुगेको छ । खेलमा दुईवटै गोल खेलकुदका महेश आले मगरले गरे । खेलको म्यान अफ दि म्याच उनी नै घोषित हुँदै नगद ५ सय रुपैया प्राप्त गरे ।
दोस्रो सेमिफाइलनमा पत्रकारको टिमले बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को टिमलाई २–१ गोल अन्तरले हराउदै फाइलनमा प्रवेश गरेको हो । प्रतियोगितामा पत्रकारका तर्फबाट आशमान तामाङ र सुमन श्रेष्ठले गोल गरेका थिए भने बराहको तर्फबाट १ मात्र गोल अमर परियारले गरेका थिए । खेलको म्यान अफ दि म्याच पत्रकार टिमका आशमान घोषित हुँदै नगद ५ सय रुपैया प्राप्त गरे ।
आठवट टिमले भाग लिएको सो प्रतियोगिताको फाइनल खेल २७ बुधबार एन्फा टेक्निल सेन्टरको खेल मैदानमा हुँदै छ । प्रतियोगिताका विजेता बन्ने टिमले नगद २५ हजार रुपैया र उपविजेताले नगद १५ हजार रुपैयासहित टूफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
त्र

तपाईको प्रतिक्रिया