धरान÷धरानमा सुद्ध मासु उपभोक्ताहरुले खान नपाएको गुनासो चौतर्फी बढिरहेको बेला धरानमा मासु व्यवसायीहरु नै मापदण्ड अनुरुप नै मासु सञ्चालनका लागि अगाडि बढेका छन् ।
धरान मासु व्यवसायी संघ धरानले पुष २८ गते धरान उपमहानगरपालिका, जिल्ला पशु कार्यालय सुनसरी, विभिन्न उपभोक्तावादी संघ संस्था, खाद्य प्रविधि क्याम्पस हात्तीसारका खाद्य प्राविधिकहरुसंग गरेको सर्वपक्षीय छलफलपश्चात
धरानमा सञ्चालनमा रहेका अव्वस्थित मासु पसललाई क्रमशः सुधार गर्दै लाने प्रयासमा लागेका हुन् ।्
धरान उपमहानगरपालिका क्षेत्रका मासु पसलहरु संघमा आवद्ध हुनुपर्ने, प्रत्येक हप्ता आइतबार धरानमा सम्पूर्ण मासु पसल बन्द गर्ने, तोकेको स्थानमा मात्र वधशाला तथा पसल सञ्चालन गर्नुपर्ने, मासु पसल तोकिएको मापदण्ड अनुरुप हुुनुपर्ने, उपभोक्ताको स्वास्थ्यप्रति उपभोक्ता गम्मीर बन्नुपर्ने, मासु व्यवसायीसंग सम्बन्धित कृषकहरुको हितलाई मध्यनजर गरी मासुको मूल्य निर्धारण गर्ने लगायतका कार्यलाई अगाडि बढाउदै धरानका मासु पसलहरुलाई व्यवस्थित गर्ने उद्देश्यका साथ मासु व्यवसायी संघले मदनकुमार तामाङको संयोजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरेको छ ।
नेपाल सरकारको मापदण्डलाई पूर्ण कार्यान्वयन गराउदै स्वच्छ मासु विक्री वितरण गर्ने अभियानलाई अगाडि सार्नका लागि संघले सबैसंग सहकार्य गरेर अगाडि बढेको संयोजक मदनकुमार तामाङले बताउनुभयो ।
यसका लागि अहिलेदेखि नै धरान नगर क्षेत्रभित्र माइकिङ गर्ने, प्रचारप्रसार गर्ने कार्यलाई तिब्रता दिन थालेको छ ।
यस कार्यका लागि जिल्ला पशुसेवा कार्यालय सनसरीले समेत साथ दिने भएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवनारायण महतोले धरानमा भएको सर्वपक्षीय छलफलपश्चात
धरानमा सञ्चालन भएको सम्पूर्ण मासुपसलहरुलाई दर्ता प्रक्रियामा ल्याई सबै पसलहरुलाई पशु बधशाला तथा मासु जाच ऐन नियमावली २०५५ लाई पूर्ण कार्यान्वयन गर्न तोकेको मापदण्डलाई पूरा गराउन पशु कार्यालय गम्भीर भएर लाग्ने बताउनुभयो ।
यता धरान उपमहानगरपालिकाले समेत धरानमा मासु पसलहरुलाई व्यवस्थित र मापदण्ड अनुरुप सञ्चालनका लागि व्यवसायीहरुसंग मिलेर अगाडि बढ्ने बताएको छ ।
धरान उपमहानगरपालिकाका सरसफाई अधिकृत शिशिर श्रेष्ठले धरान उपमहानगरपालिकाले मापदण्ड तयार गरेर व्यवसायीहरुको छलफलमा सर्वपक्षीय पास गर्ने र सोही अनुरुप अगाडि बढ्ने बताउनुभयो ।
नेपाल सरकारले तोकेको पशु बधशाला तथा मासु जाच ऐन नियमावली २०५५ मा मासु विक्री गर्ने व्यापारी स्वस्थ हुनुपर्ने, मासु पसलले तोकिएको कपडा लगाउनुपर्ने, बधशाला एकान्तमा हुनुपर्ने, मासु पसलमा चारैतिर सीसा लगाएको, डिफ्रिजको व्यवस्था लगायतका
कुराहरुलाई कार्यान्वयन गर्न धेरै कठिनाई भएपनि व्यवसायीहरु नै यसमा लागेका कारण यसमा कुनै अप्ठ्यारो नपर्ने सम्बन्धित निकायहरुको भनाई छ ।
यद्यपि सबै बुदाहरुमा मासु पसलेहरु सहमत भएपनि धरान मासु व्यवसायी तथा प्राविधिक संघले भने मासु पसललाई मापदण्डमा ल्याउने
कुरामा सहमत भएपनि सर्वपक्षीय छलफलमा भएको ३ नं बुदा अर्थात प्रत्येक हप्ता आइतबार मासु पसल बन्द गर्ने कुरामा भने विपत्ती .जनाएको छ । संघका अध्यक्ष सोभितमान कटुवालले तीन न. बुदाको निर्णयले व्यवसायीहरु मारमा पर्ने भन्दै आपत्ति जनाउनुभएको छ ।
धरानमा अहिले कुख्रा, रागा, खसी, संगुर, माछा लगायतका २ सय १९ वटा पसलहरु रहेका छन् । यी मध्ये ५ प्रतिशत मासु पसल पनि मादण्ड अनुसार चलेका छैनन् । धरानमा प्रत्येक दिन २ सय क्विन्टलभन्दा बढी मासु खपत हुने व्यवसायीहरु बताउछन् । साना तथा ठूला मासु पसलहरुलाई व्यवस्थत गरेर अगाडि बढ्दा उपभोक्ताको स्वास्थ्यमात्र हैन, व्यवसायीहरु समेत निर्धक्कसंगले व्यापार व्यवसायमा लाग्नेमा व्यवसायीहरुको बुझाई छ । उनीहरु
जसरी भएपनि यो अभियानलाई लक्ष्यमा पु¥याउन कम्मर कसेर लागेका छन् । उनीहरुको यो कार्यमा धरानमा उपभोक्ता, सरोकारवाला निकाय, सर्वसाधारणले खुलेर प्रशंसा गरेका छन् ।
