धरान÷नेपालसँग जनस्तरबाटै प्रगाढ सम्बन्ध रहेको भारत सरकारले आर्थिक समृद्धिको पूर्वाधार मनिएको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माणमा सुनसरी जिल्लामा मात्र खरबौ लगानी गरेको छ ।
सुनसरीको धरानस्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माणका लागि भारत सरकारले प्रारम्भमै १ अर्ब २८ करोड खर्च गरेको थियो । अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेजको रुपमा रहेको प्रतिष्ठानका सम्पूर्ण नयाँ भवन, हस्पिटल, ओपिडी, अडिटोरिएम, होस्टल, वार्डमात्र निर्माण गरेन त्यसका लागि चाहिने आवश्यक उपकरण समेत उपलब्ध गराएको थियो ।
यतिमात्र हैन तीन बर्ष अगाडि
भारत सरकारले ६ करोडको लागतमा थप एक एकाडेमिक भवन समेत निर्माण गरिदिएको छ । कक्षा कोठाको अभाव झेल्दै आएका अध्यनरत विद्यार्थीहरुका लागि थप एकाडेमिक भवन निमाण भएपछि उनीहरुले ठूलो सहजता महसुस गरेका छन् । यसका अलवा प्रतिष्ठान स्थापना भएको १० बर्ष सम्म अध्यापनका लागि आफ्नै खर्चमा प्राध्यापक उपलब्ध, एमविविएस तथा अन्य Ïयाकल्टीका उत्तीण विद्यार्थीहरुलाई भारतका एम्स, बनारस, चण्डीगढ लगायतका मेडिकल कलेजहरुमा निःशुल्क पिजी पढ्ने अवसर समेत उपलब्ध गराइदिएको थियो । साढे तीन बर्षको पिजी कोर्ष पूरा गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने अस्पताल स्रोतले जनाएको छ । निमित्त उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ भन्नुहुन्छ–आज प्रतिष्ठानमा यही अध्ययन गरेका प्राध्यापकहरु रहेका छन् ।
यसका अलावा शिक्षकहरुको वृत्ति विकासमा टेवा पुगोस् भन्ने हेतुले नेपाल भारत कर्पस फण्डको स्थापना समेत गरिदिएको छ । जुन फन्डमा भारत सरकारले तीन करोड रुपैयाँ राखिदिएको छ । उक्त
रकमबाट प्रतिष्ठानमा रहेका Ïयाकल्टीहरुले अनुसन्धान गर्ने, प्रतिष्ठानमा स्वास्थ्य सम्बन्धी गोष्ठी तथा सेमिनार सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारमा सहभागी हुन जाने लगायतका कार्यहरु गर्दै आएका छन् । आज प्रतिष्ठानमा हुने सम्पूर्ण अनुसन्धान कार्य गुणात्मक र उपयोगी होस् भन्ने हेतुले च्भकभबचअज ऋयmmष्ततभभरक्ष्लकतष्तगतष्यलब िच्भखष्भध ऋयmmष्ततभभ ९क्ष्च्ऋ० ले च्भखष्भध गरी स्वीकृति प्रदान गरेपछि मात्र च्भकभबचअज गरिने भएकोले यहाँबाट हुने अनुसन्धानहरु गुणस्तरीय र उपयोगी रहेको र संख्याको दृष्ट्रिले प्रतिष्ठानले सबैभन्दा बढी कृति प्रकाशित गर्न सफल भएको छ ।
भारत सरकारले धरानस्थित रहेको आंगिक महेन्द्र वहुमुखी क्याम्पसमा साढे तीन करोडको लागतमा तीन तले भवन समेत १० बर्ष अगाडि निर्माण गरिदिएको छ । हालै पूर्व क्षेत्रीय प्रहरी विद्यालयको भवन निर्माणमा समेत भारतीय राजदुतावास र विद्यालय बीचमा सहमति भई निमाण कार्यको थालनी भइसकेको छ । तीन करोडको लागतमा निर्माण हुने पूर्व क्षेत्रीय प्रहरी विद्यालयको भवन अत्याधुनिक र सम्पूर्ण सुविधाहरु विद्यालयभित्रै विद्यार्थीहरुले प्राप्त गर्ने विद्यालयले जनाएको छ । गतबर्ष मात्र भारत सरकारले १६ लाखको अनुदानबाट धरानको जिरोप्वाइन्टदेखि फुस्रेसम्मको सडक स्तरोन्नति गरिदिएको छ । अत्यन्तै जीर्ण र खाल्डाखुल्डी रहेको उक्त सडकको जिर्णोदार पश्चात आवत जावतमा सहज भएको छ । यसैगरी भारत सरकारले तीन करोडको लागतमा भाषी उच्च नमूना मावि झुक्कको भवन समेत निर्मिण गरिदिएको छ । विद्यालयका प्राद्यनाध्यापक सत्यनारायण धामी भन्नुहुन्छ– कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई बाहिर चौरमै अध्यापन
गराउनुपर्ने बाध्यता सधैका लागि हँटेको
छ । भारतीय राजदुतावासले तीन करोडको लागतमा तीन तलाको ३० वटा कक्षा कोठा , १० वटा शौचालय, एक थान बस र थप १८लाखको लागतमा फर्निचर समेत निर्माण गरिदिएको छ प्रद्यानाध्यापक धामीले
भन्नुभयो ।
यसैगरी इनरुवाको भगवती निमावि, महेन्द्रनगर चकरघट्टीको महेन्द मा.वि.को समेत सुविधा सम्पन्न भवन निर्माण गरिदिएको छ । यद्यपि, निर्माण सम्पन्न भएको इनरुवाको भगवती मा.वि., झुक्काको भाषी नमुना उच्च मावि. र चकरघट्टी स्थित महेन्द्र उच्च माविको हालसम्म औपचारिक रुपमा समुदघाटन भएको छैन । चकरघट्टी स्थित महेन्द्र उच्च माविका प्रद्यानाध्यापक सेमन्त राज बराल भन्नुहुन्छ विद्यालय भवन निर्माण भइसकेकको छ । दुई तले उक्त भवनमा ३२ वटा कोठा, १२ वटा शौचालय रहेका छन् । उता इनरुवा सदुरमुकाममा रहेको भगवती नि.मा.वि.का प्रद्यानाध्यापक पुरुषोत्तम घिमिरे भन्नुहुन्छ, औपचारिक रुपमा समुदघाटन नभएका कारण नयाँ भवनमा विद्यार्थीहरुलाई पठन–पाठन गराउन सकिएको छैन । उहाँले भन्नुभयो यस पटकको सरस्वती पूजा पश्चात औपचारिक रुपमा भवनको समुद्घाटन नभएपनि हामी पठनपाठन नयाँ भवनमा शुरु गर्छौै । जिल्ला विकास समिति सुनसरीका योजना अधिकृत शिव निरौलाका अनुसार भवगती मा.वि., भाषाी नमूना उच्च मा.वि. र महेन्द नगर माविको भवन एकैदिन उदघाटन गर्ने योजना भइरहेकोले समय मिलाउन केही ढिलाइ भएको बताउनुभयो । यस भन्दा अगडि निर्माण सम्पन्न भएको पकली मावि र खनारको शारदामा माविको भवन उदघाटन भइसकेको निरौलाले बताउनुभयो । यसका अलावा इनरुवा सदुरमुकामको भित्री सडक स्तरोन्नतिमा समेत भारतीय राजदुावासले तीन करोड उपलब्ध गराएको योजना अधिकृत निरौलाको कथन छ । उहाँ भन्नुहुन्छ, अरु पनि भारत सरकारको सहयोगमा धेरै कामहरु भएका छन् । कतिपय योजनाहरु पाइपलाइनमा समेत रहेका छन् ।
