धरान÷सुनसरीका पत्रकारहरुले युरेपेली युनियनकी राजदुत राजदूत रेन्से तिरिन्क समक्ष नेपालको पत्रकारितामा देखिएका अफ्ठ्याराका विषयमाा बारेमा जानकारी गराए ।
नेपाल पत्रकार महासंघले सरोकारवालाहलाई समेत सामेल गराएर गठन
गरिएको फ्रि मिडिया नेटवकले आयोजना गरेको देशको विषम परिस्थितिमा पत्रकारिताको चुनौतिका विषयमा छलफल गर्ने क्रममा युरोपियन युनियनकी राजदुत तिरेन्क समक्ष नेपालको पत्रकारिताका चुनौतिका विषयमा खुलेरै समस्या राखे ।
सोमबार सेछा होटल धरानमा आयोजना भएको छलफलमा बोल्दै बरिष्ठ पत्रकार हर्ष सुब्बाले नेपालको राजनीतिक संक्रमणको समयमा पत्रकारहरुले सामाजिक, आर्थिक र भौतिक रुपमै सामना गर्नुपर्ने अवस्था भएको राजदुत समक्ष स्पष्ट धारणा राख्नुभयो ।
पुरुष सञ्चारकर्मी भन्दा पनि महिला सञ्चारकर्मीको अवस्था अत्यन्तै नाजुक
रहेको सो अवसरमा महिला पत्रकारहरुले
राजदुत समक्ष सुनाए । विजयपुर साप्ताहिककी सम्पादक गंगा बरालले सबैलाई अहिले
पत्रकारिता पेशामा टिकीरहन मुस्किल
परेपनि महिलाहरु भने खुलेर र स्वतन्त्रतापूर्वक समाचार लेख्न सक्ने अवस्था रहेको बताउनुभयो ।
त्यतिमात्र त्यहा उपस्थित सबै पत्रकारहरुले निम्नतम् पारिश्रमिक निर्धारण समितिले गरेको पारिश्रमिक समेत सबै ठाउमा लागू नभएको गुनासो सो अवसरमा गरे । गुनासो नै गुनासोले भरिएको सो छलफलकै युरोपियन युनियनकी राजदुत रेन्से तिरन्कले अविकसित मुलुकमात्र हैन विकसित मुलुकमा पनि पत्रकारिताको समस्या जर्जर भएको बताउनुभएको छ । राजनीतिक, आर्थिक, भौतिक असुरक्षाका बाबजुद पनि पत्रकारितालाई निरन्तता दिन सकेकोमा गौरव महसुस भएको छलफल कार्यक्रममा बताउनुभयो ।
नेपाल पत्रकार महासंघले पत्रकारतालाई मर्यादित, सुरक्षित र अनुशासितका पार्नका लागि अहिले ६ वटा जिल्लामा यो फ्रि मिडिया नेटवक गठन गरेको छ । यसै क्रममा सुनसरीमा समेत सुनसरी समेत सुनसरी फ्रि मिडिया नेटवर्क गठन भएको छ । अहिले यो प्रोजेक्ट सुनसरी, पर्सा, रुपन्देही, कैलाली र बाके लगायतका जिल्लामा शुरुवात गरेको छ । यसको प्रमुख उद्देश्य सबैलाई मानव अधिकारका हनन हुनबाट बचाउने, पत्रकारिताको सुरक्षा र प्रेस स्वतन्ताको प्रत्याभूति दिलाउनु नै रहेको प्राजेक्ट मेनेजर शिव भण्डारीले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा भएको सो छलफल कार्यक्रममा नेपालमा यूरोपियन यूनियन डेलिगेशनका
राजनीतिक शाखा प्रमुख जाने पेटूो, महासंघ केन्द्रीय सदस्य निलिफा सुब्बा, धरान उपनगरपालिकका वरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडा, सुनसरी उद्योग वाणिज्य संघका मानबहादुर वि.क., इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाको उस्थिति रहेको थियो ।
त्र
