धरान÷ धरानलाई पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यका साथ तीनदिनसम्म सञ्चालन भएको १३औं धरान सडक उत्सव सम्पन्न भएको छ ।
होटल एसोसिएसन अफ धरानको आयोजनामा शुरु भएको धरान सडक उत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै कार्यकारी प्रमुख जोशीले धरानलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न धेरै सम्भावनाहरु भएको बताउदै यसका लागि पर्यटन बोर्डले सहयोग गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो । उहाले धरान शैक्षिक, धार्मिक, स्वास्थ्यका हिसाबले धेरै अगाडि रहेको बताउदै यसलाई तराई र पहाडको संगम स्थलका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरेर लानुपर्नेमा जोड दिनुभयो । उहाले कुनै पनि स्थानमा भएका उत्सव तथा महोत्सवले त्यस स्थानको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउदै विगतदेखि नै पर्यटकीय प्रवद्र्धनका लागि होटल एसोसिएसन आफ धरानले गरेको कार्यको प्रशंसा समेत गर्नुभयो ।
विगतदेखि धरान धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउदै अहिले फेरि
धरानमा ¥याफटिङ, प्याग्लाइडिङ लगायतका शाहसिक खेलहरु भित्रिएपछि साहसिक पर्यटनको सहर भनेर धरानलाई चिनाउन मद्धत पुग्ने बताउनुभयो ।
यता धरान, इलाम र ताप्लेजुङलाई जोडेर ग्रिन इष्ट बनाउने अभियानमा लागेका पर्यटन व्यवसायी कृष्णकुमार साहले होटल एसोसिएसन अफ धरानले गरेको यो सडक उत्सवले यो कार्यलाई केही सहयोग पुग्ने बताउनुभयो । ग्रिन सिटीकै अवधारणा अनुरुप केही समय अगाडि धरानमा इलाम भन्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउदै १ नं. क्षेत्रलाई पर्यटन विकासको मूल आधार बनाएर लानुपर्नेमा जोड
दिनुभयो ।
यस्तै होटल एसोसिएसन अफ
धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले नेपालमा गत बर्ष आएको महाभुकम्प र नाकाबन्दीले थलिएको नेपालको पर्यटन व्यवसाय अहिले विस्तारै तंग्रिन थालेको स्पष्ट पार्दै यस्ता उत्सव तथा महोत्सवले पर्यटनको विकासमा सहयोग पुग्ने भएकोले १३ बर्ष अगाडिदेखि आफूहरुले धरान सडक उत्सवका प्रत्येक बर्ष गर्दै आएका बताउनुभयो ।
सो अवसरमा धरानका स्थानीय राजनीतिक दल, पर्यटक व्यवसायी, होटल व्यवसायीहरुले धरानलाई पर्यटकीय हवको रुपमा विकास गरेर लानुपर्नेमा जोड दिएका थिए । सडक उत्सवकै अवसर पारेर दुईजनालाई सम्मान समेत गरिएको छ । पर्यटनमा लामो समयदेखि कलम चलाएवापत सञ्चारकर्मी सन्तोष काफ्लेलाई नगद ५ हजार ५ सय सहित सम्मानपत्रले कार्यक्रमका प्रमुख अतिथि पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले सम्मान गर्नुभएको थियो । यस्तै व्यवसायीको हितमा लामो समयदेखि काम गरेको भन्दै एसोसिएनका पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार शिवराज जोशीलाई समेत सम्मान गरेको छ ।
उत्सवकै अवसरमा साइकलिङ प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो अवसरमा विजेता तथा उपविजेतालाई पुरस्कृत समेत गरिएका थियो । धरान १२ चतरालाइनमा भएको उत्सवमा शैक्षिक, शाहसिक , कृषि तथा विभिन्न खानाका १ सय वटा स्थलहरु रहेका थिए ।
