भारतको पट्ना उच्च न्यायालयको न्यायाधीशद्वारा दन्तकालीमा पूजा

धरान/भारतको पट्ना उच्च न्यालयकी न्यायाधीश रेखा मनोहरलाल दोषितले शनिवार धरान १४ स्थित दन्तकाली  शक्ति पीठमा पूजा अर्जना गर्नुभएको छ ।
आफ्नो नीजि भ्रमणका क्रममा पटना उच्च न्यायालयका अन्य सहयोग र सुरक्षाकर्मीका साथ धरन आइपुग्नु भएकी दोषितले अपरान्ह दन्तकाली मन्दिरमा पूजा पाठ गर्नुभएको हो ।
सन् १९५२ मा गुजरातमा जन्मनु भएकी दोषितले कानुनमा सन् १९७६ मा स्नातकोत्तर गरेपछि सन् १९८१ बाट अदालतमै कानुनी सेवा प्रदान गर्नुभयो । सन्. १९९५ मा उहाा गुजरात उच्च न्यायालयको न्यायाधीश नियुक्त हुनुभयो । उहाा पट्ना उच्च न्यायालयको पहिलो महिला न्यायाधीश हुनुहुन्छ भने रोलक्रममा ३७ औा न्यायाधीश । दोषित भारतीय न्यायाधीशहरुमा उच्च प्रोफाइलकी न्यायाधीश हुनुहुन्छ । भारतकै इतिहासमा पहिलो मुख्य न्यायाधीश समेत रहेकी दोषितले दन्तकाली शक्ति पीठमा पूजा अर्जना गरेपश्चात सुन्दर पर्यटकीय नगरी भेडेटारको समेत भ्रमण गर्नुभएको थियो । सन् २०१० देखि पट्ना उच्च न्यायालयकी मुख्य न्यायाधीश दोषित शनिवारै स्वदेश फर्कनु भएको थियो ।

तपाईको प्रतिक्रिया