बीपीको १०१ औा जन्म जयन्तिसागै प्रतिष्ठानको २१ औ स्थापना दिवस सम्पन्न, आफ्नो स्वार्थका लागि आन्दोलन गर्दा अरुको अधिकार खोसिनु हुँदैन–प्रा.डा. बलभद्र प्रसाद दाश

धरान/नेपालका सर्वाधिक लोकप्रिय राजनेता, प्रजातान्त्रिक समाजवादका प्रवद्र्धक, नेपाली जनतालाई वैयत्तिक अधिकार दिलाउन आजीवन संघर्षरत तथा नेपाली कााग्रेसका संस्थापक बीपी कोइरालाको १०१ औं जन्मजयन्तिसागै यहाास्थित रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो २१ औ ं स्थापना दिवस एक औपचारिक कार्यक्रमका बीच सम्पन्न
गरेको छ ।
प्रतिष्ठानको झण्डोत्तोलनसागै कार्यरत कर्मचारी, विभागीय प्रमुख, विभिन्न
राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले बीपी
कोइरालाको तस्विरमा माल्यार्पणसागै आरम्भ भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रमेशकान्त अधिकारीले भन्नुभयो, आज देशमा जुन राजनैतिक परिवर्तन आएको छ, त्यसमा धेरै नेपालीले योगदान गरे तर बीपीको भूमिका अतुलनीय छ । अहिले
विरोधका कार्यक्रम गर्न सजिलो छ ।
रैतिबाट नागरिक हुनुपर्छ, सामान्ती प्रथाको उन्मुलन हुनुपर्छ भनेर त्यसबेला बोल्ने शाहस कसैमा हुादैनथ्यो । त्यसरी बोल्दा जे पनि हुनसक्थ्यो ।
काठमाण्डौ मेडिकल कलेजका पूर्व डिन एवम् बरिष्ठ चिकित्सा शिक्षाविद् समेत रहनु भएका प्रा.डा. अधिकारीले भन्नुभयो, प्रतिष्ठानले आज २१ औा वार्षिकोत्सव मनाइरहेको छ । बीपीको परिकल्पना प्रतिष्ठानले साकार बनाएको छ, आज यसको महत्व नेपालमा मात्र नभएर दक्षिण एसियामै चुलिदै गएको आफूले अनुभव गरसेको उहााले प्रष्ट पार्नुभयो । करिकुलम निर्माणदेखि लिएर कुनै न कुनै रुपमा प्रतिष्ठानसाग आवद्ध रहेको भन्दै प्रा.डा. अधिकारीले सफलताले धेरै चुनौति पनि ल्याउाछ । हामी यहाासम्म आइपुग्यौा अब हामीलाई चाहिादैन भन्ने हैन । उहााले भन्नुभयो संस्था बलियो भयो भने मात्र हामी बलियो भएर जान्छौं । प्रतिष्ठान विश्व विद्यालयमा परिवर्तन हुने अवस्थामा पुगेको छ यो कार्यरत कर्मचारी, चिकित्सक, पदाधिकारी र पूर्वाञ्चलबासीकै लागि खुशीको कुरा हो ।
यसगरी प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश सम्बोधनका क्रममा भावुकसागै आक्रोसित पनि देखिनु भयो । बीपीको परिकल्पना अनुसार आज भन्दा २१ बर्ष अगाडि प्रतिष्ठानको स्थापना भएको र मुलुकमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, पूर्वाञ्चलमा मात्र नभएर
पेरीफेरीमा सेवा प्रदान गर्ने यसको उद्देश्य हो । प्रतिष्ठानले आज ठूलो हाइट आर्जन गरेको छ, यहााका उत्पादित जनशक्ति मुलुक र मुलुकबाहिर जाादा राम्रो सम्मान पाउाछन् । उहााले भन्नुभयो, भौतिक पूर्वाधारमात्र राम्रो भएर हुादैन, ह्युमन रिसोर्सले महत्व राख्छ । साना कुरामा नअल्झी यसलाई अझ हाइटमा पुर्‍याउनुपर्छ र शिक्षा, अनुसन्धान र सेवा यसको मुख्य उद्देश्य हुनुपर्छ ।
प्रा.डा दाशले अलिकति आक्रोसित हुादै भन्नुभयो, प्रतिष्ठानमा १ सय ६५ मेडिकल Ïयाकल्टी छन् । Ïयाकल्टीको कमी छैन । Ïयाकल्टीले पढाउनेतिर ध्यान दिनुपर्छ । निजी अस्पताल, मेडिकल हलतिर दौडने हो भने त्यस्ताले छोडेर गए हुन्छ । प्रतिष्ठान एउटा नन्प्राक्टिसिङ्ग मेडिकल कलेज हो । नन् प्राक्टिसिङ इस्टिच्युटमा बस्नुको मतलब अनुसन्धान गर्नु हो ।  अनुसन्धान
अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएपछि प्रतिष्ठानलाई अन्तर्रायष्ट्रिय जगतले नै चिन्छन् । बिल्डिङ्ग र अन्य भौतिक पूवार्धारले प्रतिष्ठानको पहिचान बढ्दैन । प्रतिष्ठानमा उपचार पद्दति ढिलो भएको भन्ने गुनासो प्रति लक्षित गर्दे प्रा.डा. दाशले भन्नुभयो आम समुदायले बुझ्नुपर्छ प्रतिष्ठानमा उपचार गर्न जाादा अलिकति  ढिलो हुन्छ । बाहिरका क्लिनकहरुले सोधेको भरमा, अनुमानको आधारमा औषधि दिएजस्तो हुादेन । प्रतिष्ठानमा पहिला डिजिजको डाइग्नोस्टिक हुन्छ त्यसपछिमात्र उपचार अगाडि बढ्छ जसले गर्दा समय लाग्न सक्छ । न्यूरो, कार्डियोलोजी सेवा शुरु भएको जानकारी दिादै उहााले भन्नुभयो सिनियर चिकित्सकले विरामी हेदैनन्, रेजिडेन्टले मात्र विरामी हेर्छन् भन्ने गुनासो आइरहेको छ । अब उप्रान्त सिनियर चिकित्सकहरुले आफ्नो समयमा बसी विरामीलाई सेवा पुर्‍याउनु होला अन्यथा म्यानेजमेन्टले के गर्छ त्यो गरेरै छाड्छ ।
प्रतिष्ठान आन्दोलनको अखडा भएको भन्ने गुनासोप्रति संकेत गर्दै भन्नुभयो, बीपीले आन्दोलनमात्र गर्नु भन्नुभएको थिएन । आफ्नो स्वार्थको लागि अर्थात आफ्नो तलब बृद्धिको माग राखी आन्दोलन गर्नुको सट्टा सुधारका लागि आन्दोलन गर्नु राम्रो हो । अत्यावसकीय सेवा रोक्न नपाइने कानुनी व्यवस्था भएको स्मरण गराउादै उहााले भन्नुभयो, विरोध गर्नुहोस् अर्काको अधिकार खोसेर आन्दोलन गर्नुको औचित्य छैन । आन्दोलन गर्नेहरुको मिडिया, नागरिक समाज, राजनैतिक दलले आफ्नो समर्थन छ भनेर विज्ञप्ती प्रकाशित गर्नेतर्फ संकेत गर्दै प्रा.डा. दाशले बीपीकै कारण धरान आज मृत सहर हुनबाट जोगिएको छ । नकारात्मक सोचाइलाई अब सबैले हाटाउनुपर्छ, बीपीले नै आज धरानलाई संसारमा चिनाएको छ । उहााले थप्नुभयो केही मिडिया प्रतिष्ठानमा धेरै भ्रष्टाचार हुन्छ भनेर लेख्छन् तर सम्बन्धित निकायले प्रमाणित गरेको छैन । प्रतिष्ठानलाई आाच पुर्‍याउने समाचार नलखिदिन उहााले आग्रह समेत गर्नुभयो । सो अवसरमा प्रतिष्ठानका नवनियुक्त कुलसचिव तुलबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो । भने सञ्चालन गौरव सञ्जेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया