धरान÷धरानमा पुनः नया बजार सञ्चालनमा आएको छ ।
धरानको भानुचौकमा रहेको सब्जी पसल, धरान ३ स्थित रहेको पालिका तरकारी बजार लगायत थुप्रै चौक चौकमा खुलेका बजारमा पार्किङको सुविधा नहुदा मारमा परेका उपभोक्ताहरु धरान ५ महेन्द्रपथभित्रपट्टि सुविधा सम्पन्न अमान बजार सञ्चालनमा आएपछि भने निर्धक्कसंग पार्किङ गरेर आफूले चाहेको सामाग्री एकै स्थानबाट खरिद गर्न पाउने भएका छन् ।
धरान ३ को पालिका तरकारी बजार, धरान ६ भानुचौको सब्जी बजार र अन्य बजारमा पार्किङ, शौचालय नहुदा धेरै समस्या भोगेका उपभोक्ताहरुलाई मध्यनजर गरी अमान बजार सञ्चालनमा ल्याइएको सञ्चालकद्वय काजी गिरी र प्रेम पराजुलीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभएको छ ।
अशोक अग्रवाल, मानमोहन श्रेष्ठ र नरेश अग्रवालको ६ कट्ठा जग्गामा ६४ वटा व्यापारिक स्टल बनाइएको छ । सस्तो र सुविधासम्पन्न बजार सञ्चालनका लागि सो स्थानमा सब्जी, विभिन्न कस्मेटिक सामाग्री, लत्ता कपडा तथा नास्ताका पसलहरु सञ्चालनमा ल्याइएको सञ्चालक गिरीको भनार्ई छ । शौचालय र पार्किङका अलावा चौविसै घण्टा चौकीदारको व्यवस्था गरिएका कारण व्यवसायी र उपभोक्ता दुवैको सुरक्षा हुने दाबी समेत सञ्चालकले गरेका छन् । धरानको मुख्य बजार र चौकमा मात्र यस्ता प्रकारका बजार सञ्चालन गरी भीडभाडको अवस्था सिर्जना हुने हँुदा छुट्टै पार्किङसहितको बजार सञ्चालनमा ल्याउदा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा सञ्चालकको छ ।
