श्रेष्ठ परिक्रमा
हाँसो र रोदनको कहानी भो जिन्दगी
स्वाद विनाको हेर † खल्लो पानी भो जिन्दगी ।
सम्हालेर राख्न धेरै–धेरै जोड गरें, तर
के तरिका मिलेन वश † खरानी भो जिन्दगी ।
इमान्दारीपनको यहाँ सोझो व्यवहार गर्दा
अबुझ यो संसारलाई वेइमानी भो यो जिन्दगी ।
कसलाई के पो दोष दिनु छ र यहाँ मैले
भरमग्दुर प्रयास गरेँ, नाकमी भो जिन्दगी ।
‘आफ्नो भाग्यै यस्तो’ भनेर नै चित्त बुझाएँ
यत्रो दुनियाँमाझ आज विरानी भो जिन्दगी ।
यो जीवनको यात्रा–‘परिक्रमा’ पूरा गरेर
सन्तोष मानिरहँदा, हाय नादनी भो जिन्दगी ।
