धरान÷वहुभाषिक, वहुजाति, वहुसाँस्कृतिक, वहुधार्मिक सम्प्रदायको बसोबास रहेको नेपालकै सुन्दर नगर धरानमा यही माघ ९ गते अर्थात जनवरी २२ तारेखका दिन उत्तरपूर्वी भारतीय साँस्कृतिक महोत्व ‘नमस्ते नेपाल’को आयोजना हुने भएको छ ।
नेपाल र भारतका सँस्कृतिलाइ एकै थलोबाट प्रस्तुत गरी दुई देशबीचको मित्रतालाई अझ कसिलो बनाउने उद्देश्यले भारतीय राजदुतावास र भारतीय साँस्कृतिक केन्द्रले भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
माघ १ गते अर्थात जनवरी १४ तारेख शनिवारदेखि भारतको उत्तर–पूर्वी राज्यहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रमसँगै राजधानीमा कला प्रदर्शन समेत गरिएको छ ।
धरानमा आयोजना हुने साँस्कृतिक उत्सवमा भारतको उत्तरपूर्वी राज्यका चार साँस्कृतिक समूहले धरानका स्थानीयसँगै त्यस ठाउँको साँस्कृतिक कार्यक्रम पस्कने छन् । साँस्कृतिक महोत्सवमा सिलोङ्ग, चेम्बर चोयर, लिली भेङग कल्चरल एण्ड ट्रमा क्लब, थोइबी मणिपुर डान्स एण्ड कल्चरल रिसर्च इस्टीच्यूट र टेटसयो सिस्टर्स समूहले त्यस ठाउँका लोक संस्कृति पस्कने छन भने धरानको गरिमा डान्स सेन्टर लगायतले यहाँको लोक संस्कृति झल्काउने कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
नमस्ते नेपालको आयोजना धरानको अलावा काठमण्डौ, पाटन, पोखरा,
विरगञ्ज, विराटनगर, सिन्धुपाल्चोक र दोलखामा समेत हुँदै छ । धरानमा हुने महेत्सवको संयोजनको जिम्मा नेपाल भारत मैत्री संघ धरान सुनसरीलाई दिएको छ । कार्यक्रम स्थलको छनौटको लागि भारतीय राजदुतावास क्याम्प अफिस विराटनगरका प्रमुख पिके चालिया र नेपाल भारत मैत्री संघ धरान
सुनसरीका अध्यक्ष मुकुुल कायस्थले
धरान सभागृह रोज्नुभएको छ । धरान सभागृह भन्दा राम्रो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा हल भएपनि धरानबाट उक्त स्थानमा पुग्न केही टाढा भएकोले धरान सभागृहलाइ नै छनौट गरिएको प्रमुख चालियाले बताउनुभयो ।
साँस्कृतिक महोत्सव भन्दा अगाडि
राजधानीको बबरमहल स्थित सिद्धार्थ आर्ट ग्यालरीमा सिक्किम शीर्षक दिइएको क्यानभास लगायत थुप्रै्र चित्रहरु प्रदर्शनी गरिएको थियो । उक्त चित्रकला प्रदर्शनीको भारतीय राजदुत रणजित
रायले समुद्घाटन गर्नुभएको थियो । ग्यालरीमा महोत्सव चलिरहेको छ भने साँस्कृतिक कार्यक्रमहरु समेत राजधानी बाहिर भइरहेका छन् । सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै राजदुत रायले भन्नुभयो, कला र ससँस्कृतिको मध्यमबाट जनस्तरसम्म दुई मुलुकको सम्बन्ध प्रगाढ बनाउनको लागि यस प्रकारको कार्यक्रम गरिएको हो । सिद्धार्थ आर्ट ग्यालरीमा राखिएका चित्रहरु मणिपुर, सिक्कम, आसाम लगायत हिमाली भेगका जनजीवन र प्रकृतिमा केन्द्रित छन् । प्रदर्शनी स्थलमा राखिएका चित्रहरुले त्यहाँका आदिवासी समुदायको जीवन शैली, सौन्दर्य र अनुहार झल्कन्छन् । चित्रले अहिलेसम्म बाहिर आउन नसकेको अनुहारहरुलाई बाहिर ल्याएको छ । प्रदर्शनीमा राखिएका मणिपुर , सिक्किम, त्रिपुरा, असाम, नागाल्याण्का महिलाहरुको जीवन्ततालाई बाहिर ल्याइएको र ती चित्रहरुले हिमाली भेगका नेपाली महिलाहरुको परिवेशलाई समेत झझल्को दिएको छ ।
त्र
