धरान÷नेपाली सेनाको राष्टिूय सेवा दलले आयोजना गरेको एनसिसी तालिममा सहभागी भएका विद्यार्थीहरुले शनिवार धरानका तीनवटै मन्दिर सरसफाई गरेका छन् ।
उनीहरुले धरान १४ स्थित रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर र बुढासुब्बामा रहेको फोहोर सरसफाई गरेका छन् ।
एनसिसी तालिममा सहभागी पूर्वका ६ वटा विद्यालयबाट सहभागी ३ सय ६० विद्यार्थीहरुले मन्दिर क्षेत्रको सरसफाई गरेका हुन् ।
वि.सं. २०२२ साल कार्तिक ७ गते गठन भएको नेपाली सेनाको राष्टिूय सेवा दलले अहिलेसम्म लाखौ विद्यार्थीहरुलाई एनसिसी तालिम दिई सकेको छ । प्रत्येक बर्ष यो कार्यक्रम तीन चरणमा गरिने गरिएको छ । पहिलो चरणको तालिम सम्पन्न भइसकेको र दोस्रो चरणको तालिम समेत पौष २५ गते समाप्त हुने र पुनः तेस्रो चरणको तालिम शुरु हुने राष्टिूय सेवा दलका क्याम्प कमान्डर एवम् तालिमका प्रमुख शिक्षक मेजर आदित्य कार्कीले जानकारी दिनुभयो ।
नेपाल सेवा दलले अनुशासित, वफादार, राष्टिूय एकता जागृत गर्ने युवाहरु तयार गर्नकै राष्टिूय सेवा दलले प्रत्येक बर्ष विद्यार्थीहरुलाई समावेश गरी एनसिसी तालिमको आयोजना गरिदै आएको छ । यस बर्ष भने तालिम पूर्वलाई केन्द्रित गरेर मोरङको याङशिला, मध्यक्षेत्रको नवलपरासीको हात्तीखोर र पश्चिमक्षेत्रका लागि बाकेको कोहलपुरमा यस प्रकारको तालिम आयोजना गरिएको छ । यी क्षेत्रबाट ४ हजार बिद्यार्थीहरुले विभिन्न विधामा प्रशिक्षण लिइरहेको छन् ।
