धरान÷मोति संस्मरण समिति, धरानको आयोजनामा भएको ‘राष्ट्रिय सम्बर्धन विषयके अन्तरक्रिया कायक्रम राष्ट्रियता सम्बन्धी विविध पक्षमा छलफल र विचार विमर्श गरी सम्पन्न भएको छ ।
समितिका सभापति गोविन्द तिम्सिनाको अध्यक्षतामा महेन्द्र वहुमुखी क्याम्पम भएको कार्यक्रममा सहभागी वक्ताहरुमा प्रा.डा. टंकप्रसाद न्यौपाने, प्रा.ड. गोपाल भण्डारी, प्रा.डा. चन्द्रमणि नेपाल, हरिबहादुर विष्ट, चेतन राई, सिद्धिकर्ण शर्मा, सुदिप पाख्रिन, भवनी शंकर भट्टराई, अम्बिका शाक्य, सरला श्रेष्ठ आदि वक्ताहरुले विषयको गम्भीरता र सान्दर्भिकतालाई मनन गरी आ–आÏनो विचार राखेका थिए ।
तय कार्यक्रमलाई अभिलेखका रुपमा एउटा पुस्तिका प्रकाशित गर्नेजानकारी समेत गराइयो । कार्यक्रमको आयोजना गरेकोम प्रायः सै सहभागीहरुले मोती ंसंस्मरण् समितिलाई धन्यवाद दिए । अध्यक्ष गोविन्द तिम्सिनाले अवधारणापत्र पढेर सुनाएपछि कार्यक्रमके शुभारम्भ भएको थियो ।
