बाजा बजाएर धम्क्याउने
सद्भावना पार्टीका अध्येक्षे
राजिन्दर महताले भन्या तराईबाट झालेमालेलाई ब्याण्ड बाजा बजाएरै धपाउने रे । हैन हौ यो व्याण्ड बाजाले कसैलाई धपाउन पनि बजाइन्छ र ? अहिलेसम्म घण्टाघरले त विवाह, उत्सव र मनोरञ्जन गर्ने ठाममा मात्र व्याण्डबाजा बजाएको सुन्या थ्यो । अब यसको पनि काम परिवर्तन भएछ कयारे ? जेहोस् राजिन्दर महतो झालेमालेसँग निक्कै नराम्रोसँग ठुस्किएका रहेछन् । त्यति साह«ो नठुस्किएको भए झालेमालेलाई खेद्न व्याण्ड बाजा नै बजाउनुपर्ने थिएन । हुन त राजिन्दर कहिले काठमाण्डौलाई राशन पानी नै बन्द गरिदिन्छु भन्छन, कहिले के भन्छन्, कहिले के भन्छन् । यिन्को र झालेमालेका अध्येक्षेको बोली उस्तै हो । प्वाक्क बोल्यो पुग्यो । आखिरी बोल्दैमा केचाहिँ जान्छ र ? कि कसो हौ राजिन्दर बाबु ।
खप्रओको होसै गुम
झालेमालेका अध्येक्षे खप्रओको शुक्रबार होसै गुम भएछ । किन नहोस् त ? एक त विचना रोगी दोसो
राजधानीको स्वाँठ त्यसपछि कल्पनै नगरेको मान्छेको भीड । नाकमा नत्थी लगाएर पूर्वदेखि पश्चिमसम्मका कार्जेकर्तालाई टुँडिखेलको मैदानम देखेसी’ विचरा खप्रओको होस गुम्नु स्वाभाविकै हो । ओलीले बोलेपछि जस्तोसुकै अध्यार थोर्पे पनि एकपटक ङिच्चसँग खाएको दाात देखाएर हाँस्छ नै । भक्कुमात्रमा बेरोजगारीहलाई थुप्राइएको टुँडिखेलमा शुक्रबार कोही हाँसेनन् । ओलीले अव चै चुट्किला भन्लान, अबचाहिँ उखान तुक्का भन्लान भनेर बसेकाहरु एकै खित्नका हाँस्न नपाई उठेर हिडेछन् । खप्रओलाई के भयो कुन्नि ? सोचेको भन्दा धरै मानिस देखेपछि खपओको होस गाको धेरैले अनुमान गरे । जहाँ ओली त्यहाँ उखान तुक्काको बोली भनेर सबैले बुझेका छन् । तर शुक्रबार ओलीले राष्ट्रहित विपरीतको प्रस्ताव संसदबाट कुनै हालतमा पारित हुन दिदैनौं भनेर मात्र फलाकेसी कोही पनि नहाँसीकनै घर फर्किएका छन् ।
जोर लात्ती
पुननिर्माण प्राधिकरणका सिओ सुशिल ज्ञवालीलाई प्रचण्डाउले जोरलात्ती हानेरै लखेट्ने भए । अब गोडाचारेक महिना सिहदबारमा हल्लिएर वाल्वाटाराँ सुत्ने समयमात्र बाँकी थ्यो पचण्डाउको । यतिका महिना त यसो आँखा चिम्लेर बस्या भेनित हुन्थ्यो नि । केही नपाए कनिका बुक्याउँ भनेर जोरी खोजी खोजी बसेका झालेमालेलाई प्रचण्डाउले किन ठुङ्गी रा’ होला ? काम चाडो गरेन भनेर ज्ञवालीलाई जोरलात्ती हान्न हुँदैन है । विचारा ज्ञवाालीले यसो झालेमालेका कार्जेकर्तालाई अफिसाा बोलाएर चिया नास्ता खुवाएका थ,े परी आउँदा तिनै भुकम्प पडितको रकमले गर्जो टारिदिएका थिए, पार्टीलाई पनि बेलाबखत नजराना बुझाएका थिए । अब त्यस्तालाई जोरलात्ती हानेपछि (?) बल्खुको मुखियाको मुटु कुटुक्क दुख्ने नै भयो । काम त यहाँ कस्ले पो ग¥या छ र ? कि कसो हौ ?
कमलाउको कुरा
राप्रपाका अध्यक्षे कमलाउले भन्या सविधान ससोधनको प्रसतावको पक्षमा मतदान नगर्ने रे । जुन थालमा खायो त्यही थालमा विस्टयाउने कमलाउको जन्मजात बानी हो । अब हेरौ न पहिला खप्रओको मन्त्री कण्डलमा विदेशमन्त्री भएर साँढ भएका थिए । अहिलेको सरकारमा आफ्नै पार्टीका दुईजनाले मन्त्री बजाइरा’ छन् । त्यसैपनि नमकको सोझो गर्न मतदानको पक्षेमा मतदान गर्नु पर्ने हो । तर कमलाउलाई त्यही हिजोको सम्झना झल्झल्ती आएकोले पक्षमा मतदान नगर्ने भन्दै ताल न बेतालले बुरुक्क बुरुक्क उफ्रन्दैछन । यिन्को उफ्राई देखेर सत्ता गठबन्धन बाहिरकाहरु पेट मिचीमिची हाँस्न थाल्या छन । बाह्र बर्ष कुकुरको पुच्छर ढुग्रामा राख्दा बँंगिएको सोझिएला भन्या त ढुग्रै बांगिएने त्रास पो फैलियो ।
उल्टाइदेछन्
कहिले सासूको पालो कहिले बुहारीको पालो भन्थे हो रै’छ , यो दशमा कसैको भर नभए नि एउटा सर्वोच्च अदालतको भर थियो अब त्यो पनि तुरिएछ । अब हेरौ न राजनैतिक डाकहरुले अकुत हसुरेका छन् । जन्ताको विल्लीबाठ बनाका छन् । यहाँ नआँटेर विदेशमा समेत लगेर थुपारेका छन् । अक्टोपस जस्तै चारैतिरबाट सोहेरका छन् । आँखाम पट्टी बाध्या त्यो आ्दालतले देख्ने भए पो । त्यही एउटी प्रेरणा शाहको घरबार देखेछ । राजा ज्ञानेन्द्रले आफ्नी एउटी छोरीलाई दाइँजोमा दिएको त्यो घरजग्गा पहिलाका प्रधान न्यायाधीश रामकुमार साहले प्रेरणाकै हो भनेर फैसला ग¥यो । अहिलेकी सुशिला कार्कीले त्यसलाई उल्ट्याइदिछन् । क्या गजब छ । आइमाइको सत्रु आइमाइ नै हुन्छन् भन्थे हो रै’छ । माइतीले दिएको एउटा घर जग्गा पनि सुशिलाले खोसिछन् । त्यसै यो देशमा सतिको सराप प¥या छ भन्या हैन नि । पहिला चाहिँ प्रेरणाको हुने अहिलेचाहिँ नहुने ? कही नभाको जात्रा हाँडी गाउँमा भन्या यही हो ।
गच्छदारले लोप्राउने
संविधान संसोधनमा अब फोरम लोकतान्त्रिकले पनि लोप्पा खुवाउन भएको छ , सैंसोधन प्रस्ताव जसरी पनि पारित गराएरै छाड्नै छोर थुतुनो बजार्दै आएका लाँग्रेसका सभापति बुढा निलकण्ठे काजी र प्रचण्डाउ अब उतानोचित्त हुने छनक पो देखियो । सत्तामा बसेको राप्रपाले, सत्तामा नबसेको फोरमले समेत ठेटुँवा देखाउने भएपछि संसोधनको प्रस्ताव पारित गराएरै छाड्नै भन्नेहरुको यतिबेला निन्दा हराम भएको छ । उननीहरुको थोम चौवीसै घण्टा १२ बजेको छ । संसोधन पसव यतिबेला लाँग्रेस र माउवादीलाई भालुको कन्पन भा’छ । फिता लिउँ त इज्जतै जाने नलिउँ त चिम्लिएफाक हुने । उनेरलाई क्या भर्नु हत्ते आइ प¥या छ । गच्छबाबुले त अस्किा दिन सिधै भन्दिए ९० प्रतिशत जनप्रतिनिधिले पास
गरेको सविधान अलिहेसम्म कार्यान्वयन किन भएन ? अहिलेको संसोधनले समस्या समाधान गर्दै गर्दैन रे । आखिरी गच्छु भन्या गच्छु नै हुन् । राजनैतिक खेलाडी जो ठहरिए ।
पास गराएरै छाड्नेरे
बुढा निलकण्ठे मुखियाको दिमागी स्क्रुपहरु अलि ढिला भएका छन् कि क्या हो हँ ? औँलामा दर्जनौ पटक गन्दा पनि सविधान ससोधन पस्ताव परित गर्न आवश्यक संख्या नपुग्ने जगतलाई थाहा छ । तर पनि मुखिया वा भकभकाउँदै थुतुनोको दुवै च्यापुबाट फिँज काढदै संसोधनको प्रस्ताव पारित गराएरै छाड्नु भनेर डिङ हाँकिरहेका छन् । अनि उन्का स्क्रुपहरु ढिला नभएर कस्का हुनु ? पारित गर्न चाहिने आवश्यक संख्या काजीले कहाँबाट ल्याउलान् कुन्नि ? खै के खै के फुत्त भनेजस्तै भयो ।
अन्तेमा
नेपाल सरकारले अर्थोक त त्यस्तै हो अब दारु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने टड्करो आवश्यकता देखिएको छ । नेपालीहरु धरासायी खित्रिङमित्रिङ किन्न जहिल्यै भरतको सीमावर्ती बजार
पुग्छन् । कति नेपालीहरु मात्र जाउँ ? अब भारतीयहरु पनि गाडी घोडै लिएर नेपालका बजारतिर धाउन थाल्या छन् । उतातिर सकारकाले रक्सी सेवनमा प्रतिबन्ध लगाएसी उनीहरु यतातिर आउन थाल्या हुन । अहिले त झन ठण्डाको मौसम नेपालका सीमावर्ती बजारमा भारतीय भीडले खुट्टा उभ्याउने ठाम समेत छैन अर्थोकमका लगाी गर्दा असफल भएसी अब यो कामलाई राष्ट्रिय गौरवकै आयोजनाका रुपमा अगाडि बढाउने हो कि ?
