धरान÷केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण (न्युट्रेसन) विषय अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय स्तरदेखि पोषण तत्वको जानकारी गराउने उद्देश्यले पूर्वका विद्यालयमा गएर सचेतनामुलक अभियान शुरु गरेका छन् ।
क्याम्पसमा न्यूटे«ेश विषयका प्रथम, दोस्रो, तस्रो र चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुले दुई बर्ष अगाडि नै नेपाल पोषण तथा आहारविहार विद्यार्थी समाज गठन गरी पौष्टिक तथा सन्तुलित खानाको विषयमा विद्यालयमै पुगेर जानकारी गराएका हुन् ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सचेतनामुलक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले इटहरीको कस्तुरी उच्च मावि, इटहरी नगरपालिकाकै आपगाछीको राष्ट्रिय उच्च मा.वि., धरान १४को दन्तकाली मा.वि. धरान मोडल स्कुल र पब्लिक उच्च माविमा यस्ता सचेतनात्मक कार्यक्रम आयोजना गरिसकेका छन् ।
विद्यालय स्तरबाट नै शुरुवात गरेर स्वास्थ्य र समृद्ध समाज बनाउने आफूहरुको अभियान भएको नेपाल पोषण तथा आहारविहार विद्यार्थी समाजका अध्यक्ष उत्सव ढकालले जानकारी दिनुभयो । यसले आफूहरुकोे व्यक्तित्व विकाससंगै विद्यार्थीहरुलाई समेत स्वास्थ्यको विषयमा जानकारी मिलोस् भन्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष ढकालको भनाई छ ।
अभियान अन्तर्गत उनीहरुले विद्यालयमा पुगी विभिन्न पौष्टिक आहारका पोष्टर टासी विद्यार्थीहरुलाई रेशादार खानाको फाइदा, करेसाबारीको फाइदा, आर्गनिक खानेकुराहरुको फाइदा, सन्तुलित भोजनको फाइदा लगायतका कुराहरुमा जानकारी गराउने गरेका छन् ।
यस प्रकारको अभियानले सार्थकता पाएको समाजका सचिव विवेक उप्रतिले दाबी गर्नुभयो । विद्यार्थीहरुले खाना खानुअघि राम्ररी हात नधुने, खानाको रुपमा पौष्टिक तत्व भएको खाना भन्दा पनि जंगफुड बढी प्रयोग गर्ने पाइएको बताउदै सरसफाई, पौष्टिक तत्वको फाइदा र जंगफुडको बेफाइदाका विषयमा विद्यार्थीहरुलाई सिकाइको बताउनुभयो ।
उनीहरुले सचेतनात्मक अभियान विद्यार्थीहरुका उचाई अनुसारको तौल र कुपोषणको समेत परीक्षण गर्ने गरिएको छ । नेपालमै एक मात्र पोषण विज्ञान पढाइ हुने हात्तीसारका विद्यार्थीहरुको यस कार्यप्रति विद्यालयका शिक्षक, विद्यार्थीहरुले समेत प्रशंसा गरेका छन् ।
क्याम्पसका पौषण विज्ञानका विद्यार्थीहरुले चलाएको अभियान अत्यन्तै सह्रानीय भएको पब्लिक उच्च मा.वि.का प्राचार्य इन्द्रमोहन झाले बताउनुभयो । कोर्षमा यस्ता कुरा समावेश भएपनि प्रभावकारी हुन नसकेका बेला विद्यालयमै आएर विद्यार्थीको स्वास्थ्यको अवस्था र पौष्टिक खानेकुरा खाने तरिकाबारे विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा जानकारी गराउदा विद्यार्थीहरु समेत सचेत हुने उहाको धारणा छ ।
पछिल्लो समय शारीरिक व्यायामको अभाव, असन्तुलित खाना, जंगफुडको प्रयोग बढ्न थालेपछि विद्यालयस्तरबाट शिविरको आयोजना गरी निर्मुल पार्ने अभियानमा केन्द्रीय क्याम्पस हात्तीसारका पोषण विज्ञानका विद्यार्थीहरु स्वफूर्त रुपमा लागेको प्रति सबैले यस कामको प्रशंसा गरेका छन् । स्वास्थ्यको विषयमा हात्तीसारका विद्यार्थीमात्र हैन सबै पक्ष आ आफ्नो स्थानबाट लाग्न जरुरी छ । यसले सरकारले ल्याएको स्वास्थ्य सम्बन्धी नीति समेत केही हदसम्म सफलता पाउनेमा दुई मत छैन ।
