चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।
वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।
त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिग्रिएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुन: सिँगारिएको लासलाई कफिनमा राखेर चिहानमै राख्ने
गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।
