धरान/सुनका गरगहनाप्रति पछिल्लो समय बढ्दो सर्वसाधारणको रुचीलाई मध्यनजर गर्दै बराह ज्वेलर्सका पूर्व सञ्चालकहरुमध्ये एक मानबहादुर कालिकोटेले धरान १६ गणेशमान चौकमा सुनचाादीका गरगहनाको व्यवसाय
शुभारम्भ गर्नुभएको छ ।
धरानमा यतिबेला सुनचाादीका साना ठूला गरी झण्डै २ सय पसलहरु छन् । सञ्चालक कालिकोटेले धरान–१६ का स्थानीयलाई लक्षित गरी सरस्वती ज्वेलर्स सञ्चालनमा ल्याएको जनाइएको छ । २० लाखको पूाजीबाट शुरु गरिएको व्यवसायले आगामी दिनमा स्थानीयको माग बमोजिम पूाजी वृद्धि गर्दे लगिने सञ्चालक मानबहादुर कालिकोटेले बताउनुभयो ।
पसलको उद्घाटन सुनचाादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष मोहनकाजी शाक्य र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले संयुक्त रुपमा गर्नुभएको थियो । सो अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष शाक्यले भन्नुभयो, सुनचाादी व्यवसायप्रति सरकारको दृष्टिकोण नै गलत छ । सुनचाादी व्यवसायीलाई हत्तोत्साहित गर्न आवश्यक छापा मारेर दु:ख दिने तर्साउने काम पछिल्लो समय सरकारले गर्दै आएको छ । राजस्व तिरेर बैंक मार्फत सुन
खरिद गर्दा पनि छापा मार्नुको सरकारको नियत के हो ? कि व्यवसाय नगर भन्नुपर्यो हैन भने विभिन्न वहानामा दु:ख दिने काम बन्द गर्नुपर्यो । बराह ज्वेलर्सका म्यानेजर कुमार कालिकोटे, प्रशासनिक अधिकृत गंगा कालिकोटे, स्थानीयहरुको उपस्थितिमा सुभारम्भ गरिएको उक्त कार्यक्रमको सञ्चालन तिलक कालिकोटेले गर्नुभएको थियो ।
