“गजल”

मधु प्याला
मधुशाला, धरान–७

छातीमा जिउदो ज्वालामुखी, आँखामा अथाहा पानी भो
कहिले आÏनो नहुने प्रितिको, जलाउने डुबाउने बानी भो

अरु सारा जुन र तारा, तिमी मेरो घाम हौ
दर्शन हुनेछ जुनबेला तिम्रो, सम्झिनेछु मेरो बिहानी भो

जति सम्झाए नि बुझ्दैन यो, आँखा चिम्लेर हाम्फाल्छ यो
अरुको दुर्दशा देखेर नचेत्ने, यो मन साह«ै अज्ञानी भो

भोक प्यास निन्द्रा न आराम, तिमीलाई भएन कि मेरो जानकारी
अजीव मेरो हालतमा प्रिय, तिम्रो एक्लो लगानी भो

लोभले लाभ लाभले विलाप, यो उखान नि गरिदिए प्रमाणित
खोजेको थिए खुसीको खजाना, आÏनो भाको नि नोक्सानी भो

आँशुको पेट्रोल एक्लोपनको सलाई, कोरिदिन्छ यादहरु सुटुक्क आइ
आफैले आगो लगाउने साला, कस्तो आत्मघाती जवानी भो

रात कसरी विताए होला, कतिखेर कति निदाए होला
वेदना ओछ्यान वियोग ओढ्ने, जब सम्झनाहरु सिरानी भो ।

तपाईको प्रतिक्रिया