घण्टाघरबाट हेर्दा

भत्तामा अगाडि
झालेमालेका सांसदहरुको चर्तिकला देख्या यतिबेला नेपालीहरुले जिबो तनक्क पारेर टेक्न थालेका छन् । किन नटोकुन त ? वातै यसतै छ । अब हेरै न एक महिनादेखि झलदेमालेका सांसदहरुले संस चल्न द्या छैनन् । उनरेले आफूले संसदमा सिन्को भाँचेनन् भाँचेनन् अरुलाई समेत सिन्को भाँच्न दिएनन् । संसद चलोस् कि नचलोस् मने भाँडमै जाओस् तर भत्तोचाहिँ बुझ्न झालेमालेकै सांसदहरु सबैभन्दा अगाडि लाइन लग्न पुगेछन् । आफै नो वर्क नो पे नियम लगउने अनि आफै संसदै नचलेको दिनको ग्याम्म महिना दिनको भत्ता थाप्न लाइनमा लाग्नु भन्या त नकचरो पारा हैन र ? ससद नचलेको दिनको भत्ता सरकारले थपक्क धुर्मु सुन्तली फउन्डेशनलाई दिए हुन्थ्यो नि ? कमसेकम उनेरले भुकम्प पीडितहरुका लागि घर त भनाइदिन्थे । कुहेका नागाहरुलाई भट्टी चाहार्न किन करोडौ बाँड्नु ? यसो गर्दै फेरि कहिल्यै संसद अवरुद्ध गर्ने थिएनन् । गरेपनि भत्ता भाग्न लाइनमा ठडिने थिएनन् । कि कसो हौं ?
थपम्क सरेछ
नेपालका एकादेशका धुन्धुकारी पर्धानमन्तरी गिर्जाउको सम्पूर्ण रोग यतिबेला अहिलेको पर्धानमन्तरी प्रचण्डाउमा थपक्कै सरेछ । गिर्जाउ जहाँ गए नि ठ्याक्कै त्यस्तै भायान ठोकिदिन्थे । मजदुरको कार्जक्रममा जाँदा आफू पनि मजदुर नै थिएँ । विराटनगरको जुटमिलमा मजदुर हुँदा राजनैतिक शुरु गरेको भन्थे । पत्रकारको कार्जेक्रममा जाँदा आफू पनि पत्रकार नै रहेको ठोकुवा गर्थे । किसानको कार्जेक्रममा जाँदा आफूले पनि किसानबाटै राजनीति शुरु गरेको भन्थे । धन्न गिर्जाउले महिलाको कार्जक्रममा जाँदा कुनै बेला आफू पनि महिला नै थिएँ चाहिँ भनेनन् । अब अहिले यो रोगले प्रचण्डाउ ग्रस्त छन् । अस्तिका दिन ल्होछारमा तमुहरुको एउटा कार्जेक्रममा पचण्डाउले भन्दिए अब देशको पर्धानमनतरी र राष्ट्रपति गुरुङ्ग समुदायको हुन्छ । म अरु बाहुन जस्तो होइन । अलिकति भिडमभाड प्रचण्डाउले देख्नै हुँदैन अन्टेसन्टे बकिदिइ हाल्छन् । अब त प्रचण्डाउलाई उन्का कार्जेकर्ताले भीडबाट जोगाउनुपर्ने भइक्या छ ।
अब मुख छोरेर हिडम
देशका ठूलाबडा भनाउँदाहरुले अब मुख छोपेर हिँड्ने दिन आएछ । ठूला बडा जहिल्यै पनि चिरिच्याट्ट भएको अनुहार बनाएर बडो फूर्तिका साथ हिड्थे अब तिनका दिन सिद्धिएछन् । नपत्याए माउवादीका संयोजक नेत्र विक्रम चन्दको मुख सुँघे भैगयो नि । केहेी दिन अगाडि चन्दका कार्जेकर्ताहरुले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतभित्रै कालो मोसो देल्देसी त्यसले कम्ता सनसनी
मच्चाएन । अब लोकमान जस्ताको अनुहार खोजी खोजी चन्दका कार्जेकर्ताले कालोमोसो दल्लने घोषणा गरिसक्या छन् । अब भ्रष्ट नेता, कर्मचारी, मन्त्रीहरुलाई आफ्नो मुख जोगाउनै हम्मे पर्ला जस्तो छ । अब मुख छोपेर हिडम है नत्र कालो मोसो अनुहारमा पोतिएला ।
का“ग्रेसलाई चिन्ता
अस्तिका दिन नेप्लीज काँगेसका चिम्लीफाँक भएका नेता रामचन्द्रे बाजेले बडो अनौठो कुरा गरे । काँग्रेसलाई देश जोगाउने चिन्ता छ रे । काँग्रेसले मात्र देश जोगउन लाग्या छ रे । विचाराले बोल्ने कुनै टपिक्स नै पाएनछन् । सभापति, संसदीय दल सबैबाट चिप्लिएका बाजेलाई के सनक चल्यो र त्यस्तो बोल्या हुन् कुन्नि ? आफनो गुमेको साख जोगाउन बाजेले नयाँ सुत्र फेला परेजस्तो छ । घण्टघरलाई पनि यी बाजेको कुरा सुन्दा कहिलेकाहीँ उदेक लागेर आउँछ । आफ्ना भनाउँदाहरुले मुर्दालाई जुम्राले छोडेर हिडेजस्तो छोडेर हिडिसक्या छन् । बाँकी बँचेका छिचिमिराहरु पनि छोड्ने तरखर गर्दैछन् । जिन्दगीमा कुनै कार्जेकर्ताको घैटौ भरिउन्ज्याल फुटेको कौडी नदिने बाजेलाई राष्ट्रजोगाउने भुत सवार कसरी भा’होला ? खै बुभिनसक्नु भयो वा †
सान्दर्भिक छ रे
परराष्ट्रमन्त्री प्रकाशशरन महतले भन्या बीपीको मेलमिलापको नीति अहिले झन सान्दर्भिक भएको छ रे । हे भगवान † कहिलेसम्म बीपीको नाम भँजाउने हँ यिन्ले ? बीपीको सबै आदर्श सडकमा स्टल थापेर बिक्री गरिसकेको महतले थाहा पाएका छैनन् कि थाहा पाएर पनि बुझपचाएका हँ ? बर्षमा एकदिन कुण्डले, मुन्डले, कमिशनखोर, दलाल, भ्रष्टलाई जम्मा गरेर बीपी महान थिए भनेर अब काँग्रेस फुइøयाँ अगाडि बढ्छ ? फेदैदेखि धमिरा लागेर रुखै ढल्नलागिसक्या महतलाई ज्ञनै रहेनछ । ३४ बर्ष अगडि बीपीले भनेको कुरा एकदिन चपेर किन स्वाङ देखाएको होला ? काँग्रेसमा यतिबेला ५,६ वटा गुट छ । देउवा गुट, रामचन्दे गुट, हिजो जन्मेको टपरटुइøयाँ कृष्णे सिटौला गुट, खुमबहादर खड्कको दलाली गुट, ससांक कोइराला गुट, सुजाता जोष्ठ गुट । वाफ रे वाफ † यी गुट सधै अर्कालाई सिध्याउन लागि पर्छन् । अकि बीपीको
राष्ट्रिय मेलमिलापको लोकगीत गाएर
हुन्छ ?
कुलमान बचाउ
आर्थिक अवस्था कमजोर भएर
विरामी परेका, दुर्घटनमा परेका, मर्न लागेकाहरुलाई फलानोलाई बचाउ अभियन त यो घण्टाघरले धेरै देखेको थियो । अहिले नेपाल विद्युत प्राधिकरणका सिइओ कुस्तपैसा भएका, हट्टाकट्टा कुलमान घिसिङ्गलाई बचाउँ भन्दै सामाजिक सञ्जालका वालहरुमा जताततै देखिन्छ । के भएछ घिसिङ्गलाई भनेर एकपटक मात्र देख्नेहरु झसँग हुन्छन् । तर गुह्य कुरा त अर्कै रै’छ । लोडसेडिङ्गमुक्त गर्ने कुलमानलाई असहयोग गर्ने सञ्चालक समितिका सदस्यहरुबाट कुलमान गलहत्याइन्छन् कि भनेर कुलमान बचाउँ अभियान चलाएको रै’छ । कुरो नबुझ्नु पनि साह«ै मूर्खता हुँदो रै’छ ।
गुप्तचर भान्से
गुप्तचरका कर्मचारीहरु राज्येको तलब खाएर हाकिमको घरम भान्से, गोठाले गर्छन् भनेर अस्तिका दिन एउटा खैजडी पत्रिकाले भगेरे अक्षरमा समाचार निकाल्देछ । अब यो देशमा नेताको घरमा कार्जेकर्ताले काम गर्ने, मन्त्रीको क्वाटरमा कर्मचारीले भाँडा माझ्ने, प्रहरीको हाकिमको घरमा , सेनाको हाकिमको घरमा कर्मचारीले कम नगरेर हुन्छ त ? विचरो राष्ट्रिय अनुुसन्धान विभागका हाकिम दिलिप गौतमको घरमा असई दरबन्दी भएकोले भाँडा माझे, लुगा धुए भनेर किन ठूलो पल्टिएर लेख्या होला । अफिसाँ काम छैन, बाहिर डुकु भएर कति हिँडनु भनेर ती कर्मचारीले खान पनि पाइने, बस्न पनि पाइने भनेर सघाउपघाउ गर्दे छन् के विगारे ?
अन्तेमा
अब बाम–कांङ्ग भएर सैसदम दर्ता भएको संसोधन प्रस्ताव पारित हुने पक्का भएको छ । संसोधन प्रस्तावमाथि छलफल पनि हुन दिन्नौं, पारित पनि हुन दिन्नौं भनेर सडकमा बाह्रहात माथि उफ्रदै आएको झालेमालेको अब हरिविजोग हुने भएको छ । पहिला मधेशवादी दलहरु नै संसोधन सहित पारित नगरे सर्मथन गर्दिनम भन्दै थिए । तर अस्तिकादिन काँग्रेसका बुढानिलकण्ठ काजीले के जडी सुँघाइदिए सुघाइदिए उनेरु त हामी समर्थन गछौैं भन्दै धोती सुर्कदै उफ्रन थाल्या छन् । यसका लागि ससदको अवरोध खुल्नुपर्छ । उनेरेले झालेमालेलाई दह«ै चेतावनी समेत दे’छन् । अब झालेमालेको एक महिनादेखि चलेको आन्दोलन बीचैमा तुहिने भएको छ । जय होस् ।

तपाईको प्रतिक्रिया