धरान÷ शनिवार विहान हत्या
गरिएका सुनसरी धरानका विकास
राजंबसीका चारजना हत्यारालाई इलाका प्रहरीले पक्राउ गरी आइतबार सार्बजनिक गरेको छ । लागु औषद्यको सेवन गरेर आफ्नै साथीहरुले विकासको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न धरान ८ का दिप तामाङ, रोमन गुरुङ, धरान ९ का आयुप चौधरी, र भारत पश्चिम बंगाल राज्य स्थित दार्जिलिङका सौरभ राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभएको छ । हत्याराहरुको साथबाट प्रहरीले एक थान खुकुरी, डेनराईट, नाइट्रोसन नामक लागु औषध बरामत गरेको छ ।
धरान–१५ को चुम्लुङहिम
परिषरको पूर्वपट्टी आफ्नै साथी धरान ५ मा बस्दै आएका विकु भनिने १७ बर्षका विकास राजवंशीलाई हत्या गरेको
प्रहरीको भनाई छ । हत्याराहरुलाई प्रहरीले शनिवार नै पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका
चारै जना विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरी कार्वाही पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

