धरान÷यहाँ स्थित रहेको दिल्ली पब्लिक स्कुलले पहिलो पटक आयोजना गरेको दुईदिने स्वरसंगीत, प्राज्ञिक र साँस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यार्थीहरुको क्षमर्ता अभिवृद्धिलाई उजागर गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रमको विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा बलभद्रप्रसाद दाश, शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, अस्पताल निर्देशक प्रा.डा. अरविन्दप्रसाद सिन्हा, स्कुलका प्रिन्सिपल पी.के. शंकरा लिंघमले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
औपचारिक रुपमा कार्यक्रम शुभारम्भ हुनु अगाडि विद्यार्थीहरुले आफूले आर्जन गरेको सीपका आधारमा तयार गरेको विभिन्न विषयसँग सम्बन्धित प्रदर्शनी स्टलहरुको विद्यार्थीका अभिभावक, विद्यालय सञ्चालक समितिका पदाधिकारी, शिक्षक एवम् कर्मचारीहरुले अवलोकन गरेका थिए । सो
अवसरमा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाशले भन्नुभयो दिल्ली पब्लिक स्कुलबाट उत्तीर्ण विद्यार्थीहरु संसारका जुनसुकै स्थानमा गएर पनि आफ्नो क्षमता देखाउन सक्छन् । यहाँका विद्यार्थीहरुले भविष्यमा बेरोजगार भएर बस्नु पर्दैन । यसैगरी स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल पि.के. शंकरा लिंघमले विद्यालयको समग्र शैक्षिक स्थितिका बारेमा प्रकाश पार्नुभएको
थियो ।
