सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल ¥याली

धरान÷सातौ राष्टिूय खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सोमबार धरानमा प्रचारप्रसार स्वरुप आज धरानमा मोटरसाइल ¥यालीको आयोजना गरिएको छ ।
पुर्वाञ्चलमै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता अन्र्तगतको धरानमा हुने खेलहरुका राष्टिूय प्रतिस्पर्धाहरुमा स्थानिय सहभागीतालाई उत्साहित गर्न प्रचार प्रसारका लागि मोटरसाइकल ¥यालीको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
सुनसरी जिल्ला खेलकुद विकाश समितीको कार्यालयबाट शुरु गरिएको बृहत मोटरसासइकल ¥यालीले धरानका विभिन्न भागमा परिक्रमा गरेको थियो । सुनसरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको सो ¥यालीको आयोजना गरिएको हो ।
आयोजक समितिका कार्यकारिणी सदस्य तथा एन्फाका उपाध्यक्ष किशोर राईले ं राष्टिूय खेलकुद प्रतियोगीता पूर्वाञ्चलमा आयोजना हुने र त्यस्का महत्वपूर्ण खेलहरु धरानमा सञ्चालन हुनु धरानको लागि गौरवको भएको बताउनुभयो । धरानको पर्यटकिय, धार्मीक, सामाजिक, विकास, निर्माणका सहभागीता मुलक उदाहरुणको प्रचार प्रसारका लागि स्थानिय संस्थागत सहभागीतालाई प्राथमिकता दिन मोटरसाईकल र्यालीको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । धरानका विभिन्न वडाहरुमा प्रचार प्रसार गरेको मोटरसाईकल र्याली समितीको कार्यालयमै आएर समापन भएको थियो । राईका अनुसार धरानमा ७ खेलका राष्टिूय प्रतिस्पर्धाहरु हुने निश्चित भएको छ । सबै प्रतिस्पर्धाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि खेलस्थलहरुको पनि टुंगो लागिसकेको छ । धरानमा सञ्चालन हुने खेलहरु मध्ये लोकप्रिय फुटबल खेलको पुरुष तर्फको प्रतियोगीता, बास्केटबलको महिला र पुरुष दुवै प्रतिस्पर्धा, सेपाकतेक्रो महिला र पुरुष दुवै प्रतिस्पर्धा, फुलकन्टूाक्ट कराते प्रतियोगीताका महिला र पुरुष दुवै प्रतिस्पर्धा, साईक्लिङ र करातेंका प्रतिस्पर्धा हुने भएको छ ।
त्र

तपाईको प्रतिक्रिया