धरान÷ धरान र आगामी पौष १६ गते शनिबार अंग्रेजी नया बर्ष २०१७ को स्वागतार्थ धरानको पब्लिक स्कुलको मैदानमा ूबायो न्यु इयर इभ कन्सर्ट २०१७ ू आयोजना हुने भएको छ ।
चर्चित रक –पप ब्याण्ड रबिन एंड द न्यु रेभोलुशनको बिशेष प्रस्तुति रहने कार्यकर्ममा चर्चित गायिका इन्दिरा जोशी संगै धरानबाट उदाउदै गरेको चर्चित रक ( पप ब्याण्ड आउटसाइडर्स र अर्का धराने गायक बबिन लिम्बुको लाइभ प्रस्तुति रहनेछ ।
धरान संग आफ्नो गहिरो नाता रहेको बताउने रबिन एंड द न्यु रेभोलुशनका अग्ला जिउडालका गायक रबिन तामांग लामो समय पछि धरानमा कन्सर्टका लागि आउन लागेकोले उत्साहित छन् ।धरानमा भएको कन्सर्टको बेग्लै मज्जा हुने बताउने गायक रबिनले केटाकेटी, भुलमा भुल्यो, जति माया, दम मरो दम , गजबका है दीन ,भेटे मैले शिवजी ,नेपाल (नेपाल ,चिसो चिसो हावा मा जस्ता आफ्ना चर्चित गीतहरु संगै नया गीतहरु समेत धरान(कन्सर्टमा प्रस्तुत गर्दैछन । त्यस्तै उूेको चोली , रातो घाघरा , बेहुली लगायत का थुप्रै चर्चित गीतहरु आफ्नै स्टाइलमा न्यु इयर इभ कन्सर्टमा गायिका इन्दिरा जोशीले प्रस्तुत गर्ने्छिन ।
सोलो गायकको रुपमा नेपाली संगीत क्षेत्रमा लामो समय देखि संघर्ष गर्दै गरेका गायक डिल्ली फोम्बो सम्मिलित धराने ब्याण्ड आउटसाइडर्स अहिले बिस्तारै पुर्वबाट आफुलाई देशब्यापी रुपमा स्थापित गराऊदै छन् । आउटसाइडर्स ब्याण्डले रबिन एंड द न्यु रेभोलुशन संगै एउटी स्टेजमा आफुलाई उतार्दैछन् आफ्ना पुराना गीतहरु माया कस्तो यो माया , आउछु म भनेर लगायत माइली , बेगारी जस्ता निक्कै रुचाइयेका गीतहरु लिएर ।
त्यस्तै धरानको पुरानो बजारमा बोलको पुरानो गीत लाइ नया रेकर्ड गरि गाएर चर्चा कमाएका धराने गायक बबिन लिम्बु समेत धराने दर्शकहरु संग न्यु इयर इभ मनाउन आउँदैछन ।
साँझ साढे चार देखि आठ बजे सम्म आयोजना हुने शत प्रतिशत मनोरंजनको ग्यारेन्टी दिइएको कार्यकर्मलाइ भब्य र सभ्य बनाइने कार्यकर्म ब्यस्थापक सिल्भर इन्टरटेन्मेंटले जनाएको छ। न्यु इयर इभ कन्सर्टको लागि उच्च स्तरीय लाइट तथा साउण्डको व्यवस्था सुन्दर साउण्ड सर्भिस ,धरानले गर्नेछ ।
बायो इस्प्रिट्स प्रालि को प्रस्तुति तथा वाईवाईको सहकार्यमा भएको कन्सर्टमा नेपाल आइस नेचुरा बियर , चेसुंग वाइनसंगै बराह ज्वेलरी ,सुबिसु इन्टरनेट ,यामाहा , टप युनिभर्सल एकेडेमी, होटल एसोसिएसन भेडेटार ,भिन्टेज क्याफेको सहयोग रहेको छ ।
