घण्टाघरबाट हेर्दा

गरिब पर्धानमन्तरी
हाम्रो देशका पर्धानमन्तरी संसारकै टकनटाँक पो देखिए । यस्ता हरितन्नम पर्धानमन्तरीले खै कसरी देश चलाउलान ? विचारासँग सम्पत्तिको नामम तीन तोला सुन र १ क्ट्ठा जग्गामात्र छ रे । यस्तो सुनेपछि देशैभरिका युवाहरुले मन थाम्नै सकेनछन् । गणतन्त्र अएसी देशम जे जति ठूला ठूला सपिङ्ग कम्प्लेक्स, हपिटल, हाइड्रोपावर वन्या थे सबै प्रचण्डाउको हो भनेर सबै ढुक्क भए । तर विचरा त टाँटै पल्टिएका रै’छन् । गणतन्त्र अएसी देशमा जे जति ठूला ठूला सपिङ्ग कम्प्लेक्स, हस्पिटल, हाइड्रो पावर बन्या थे सबै प्रचण्डाउको हो भनेर सबै ढुक्क थिए । तर विचारा त टाँटै पल्टिएका
रै’छन् । तयो लाजिम्पाट दरबार, भाटभाटेनीको महल, नोवल मेडिकल कलेज, हेटौडातिरको गोडा दसेक Ïयाक्ट्री, गोङ्गवुको मितेरी हस्पिटल, निलगिरी केवल कार प्रचण्डाउको कुनैपनि हैन रे । उन्ले आफ्नै नाडीमा बाँधेको चालिस लाख पर्ने रोलेक्स घडी पनि आफ्नै हैन रे । विचराले लगाएका त्यत्रा महँग सुटहरु पनि आफ्नो हैन होला । त्यसैले अहिलेदेशभरिबाट एक रुपैया चन्दा संकलन अभियान नेपालीहरुले शुरु गरेका छन् । कसमेकम उनलाई यसबाट ठूलो राहत पुग्ला ।
पुत्लालाई फा“सी
यो देशका नेताहरुको पुत्ला दहनसम्म देख्दै आएको घण्टाघर शनिवार नराम्रोसँग जिल्लिएको छ । नेताहरुको पुत्लामाथि हदै ज्यादति बढ्न थालेछ । अस्तिका दिन यसो वाइनकुर सोझ्याएर हे¥या त नवलपरासीमा व्राम्हणहरु टुप्पीलाई तनक्क ठाडो बनाएर पकापक भोज खाँदै रै’छन् । वडो स्वाद मानी मनी उनीहरुले भोज खाएका थिए ।आखिरी गृह कुरो बुझ्दै जाँदा वात अकै पो रहेछ । मधेश विरुद्धमा बोलेको संंविधान संसोधनमा पहाडी जिल्ला टुक्र्याउनु हुँदैन भनेर ताहुरमाहुर गर्दै आएका झालेमालेका अध्येक्षे खप्रओ, माउवादी केन्द्रका टोपबहादुर रायमाझी, र नेप्लिज काँग्रेसका चन्द्र भण्डारीको पुत्लालाई बुद्धचौकमा फाँसी दिएर ब्राम्हण लगाएरै मधेशीहरुले सदगद गगेछन् । त्यसपछि उनेरले ब्रम्हण भोजन मात्र गराएनन् दक्षिण समेत दिएर विदा गरेछन् । जे होस् नेपालमा आन्दोलन हुँदा नयाँ नयाँ शैली जो भित्रिन्छ त्यसबाट विदेशीहरु पनि तीन छक्क पर्छन् ।
नेताले देश संकटमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्येक्षे कमलाउले भन्या नेताले गर्दा देश संकटमा फस्या हो रे । नेताले गर्दा देशै बिग्रिएको हो रे । कागले आफ्नो नाम आफै काढ्छ भन्या यही हो । सर्पले सर्पको खुट्टी देख्छ रे । कमलाउ पनि त नेता नै होलान् । कुल्ली, कवाडी, जगिरे, मजदुर त हैनन् होला । हिन्दु धर्म र
राजसंस्थाको खेति गरेर नेता भई टोपलेका कमलाउले भन्या लोकतन्त्र सीमित नेताले ब्रम्हलुट गर्ने सिण्डिकेट हो रे । नेताले दगर्द देशै संकमापर्ने भएसप् अब तयस्ता नेता सफयाको अभियानमा नेपाली जनता लाग्नुपर्ने देखियो । त्यसको शुरुवात कुन दलका नेताहरुबाट गर्नुपर्ला ? तिनै कमलाउ पनि सत्ताम छँदा अख्तियारले डाम्न लाग्या थ्यो । धन्न शनिग्रह बलियो भा’ र जोगिएका थिए । अहिले आएर जथाभावि बोल्न थाल्या छन् ।
माकुनेको रोदन
हिजोआज झालेमालेका बरिष्ठ नेता अलि ज्यादै फतफताउन थाल्या छन् । हुन त विचरालाई कति रन्हाहा होला ? आफ्नो गृहजिल्लामा झालेमालेलाई कार्जेक्रम गरेर भषन भुषन गर्न मधेशी मोर्चाले रोक लगाएसी’ विचारलाई कम्ता आपत्ति प¥या छैन । भाषन–भुषन गर्न नपाए विचरा माकुनेको थुतुनो खस्याउ–खस्याउ चिलाइरहन्छ । तयसैले उनी खस्याउ खस्याउ रोटबाट मुक्ति पाउन पनि अस्तिका दिन साइनो समेत नभाको जिल्ला सखुवासभा पुगेछन् । उन्ले जाडोको कठ्याग्रिदै भेला गराइएकाहरुका अगाडि थुतुनो पड्किने गरी संविधान कार्यान्वयनपछि मात्र संसोधन हुन्छ । कार्यान्वयन नभई ससोधन हुन सक्दैन । उन्ले संक्रमणकाल पूरा भएपछि मात्र संविधान संसोधन गर्नुपर्छ भनेर आफ्नो चिलाई शान्त बनाए । मुलुकमा सधै संक्रमणकाल उब्जाउनेचाहिँ हामी झलेमाले नै हो भनेर उन्ले भनेनन् । माकुुन्याउको भषन सुन्न आएकाहरु हाइहाई गर्दै तालु कन्याएर चिम्सा आँखा बनाउदै थिए । गाउँमा बाटो बनाउने, रोजगारी दिने, शिक्षा स्वास्थ्यको कुरा गर्लान भन्या त उन्कै दुःखेसो सुन्दिनुपर्ने भन्दै आएकाहरु उठेर हिडेपछि माकुन्याउ जिल्लिएका थिए ।
अप्राकृतिक सम्बन्ध
माउवादीबाट पोष लागेर चोक्टा खान बाहिरिएका बाउराम भट्टराई र उपिन्द्र जादवका बीचमा हिजोआज अप्राकृतिक सम्बन्ध गाँसिएको छ । बाउराम नयाँ शक्तिको परे, उपिन्द्र पुरानै शक्तिका । यी दुईबीच अब हरेक काम गर्दा, आन्दोलन गर्दा, भाषन भुषन गर्दा, सहकार्य गर्ने सम्झौता भा’छ । त्यसैले होला तराईका डिंगर उपिन्दर खुई खुई पहाड चढेर भाषण गर्छन् । सुर्खेत पुग्दा उपिन्द्रको नली खुट्टै झण्डै खुस्काइ द्या थे । धन्न त्यहाँबाट भागेर हँस्याङ्गफस्याङ्ग गर्दै तलतिर झरे । नत्र त्यतिबेलै तिन्का टुइँके खुस्काउँथे । अब उपिन्द्र र बउरामका बीचमा सहकार्जे भएसी बाउरामलाई अप्ठेरो पर्ला ? हिजोसम्म पहाडमा पुगेर थुतुनो चम्काउने बाउरामलाई अब भने सजिलो छैन ।
तराईमा मधेशीहरुको झट्टी पहाडमा पहाडेको चिर्पट । लहै बाउराम अप्राकृतिक गठबन्धनले वित्याँसै निम्त्याउला जस्तो छ । होस गरेस् हैन । घण्टाघरले सुझाउमात्र द्या हो बाँकी आफै जान ।
सुजो बेपत्ता
राज्यको ढुकुटीबाट ५० लाखको भारी बोकेर सिंगापुर र मलेसियातिर हुइँकिएकी सुजो उर्फ सुजाता जोष्ठको हिजो आज खुटखबर केही छैन । पचास लाखकले मुलुकैभरि हुर्मत कमाएकी सुजो त्यही लाजले भुतुकक भएर बाहिर आउन नसकेकी हुन कि ५० लाख खर्च भइसकेकोले देशबारिै लखरलखर गरिरा’छिन् केही भेउ नै पो पाइएन । यतिैतिर भए यसो कहिलेकाहँी बोलेको सुसनुपर्ने हो । हुन त ५० लाखले सुजोको राजनीति डाँवाडोल नै भयो । देशम यत्रो वितण्डता मच्चिएको छ । बिना काम सांसदहरुले डुलेरै तलब भत्ता खाइरहेका छन् । पश्चिमतिर हप्तौदेखि संसदमा दर्ता भएको संसोधन प्रस्तावको विरुद्धमा सडकम मान्छेहरु नाचेका नाच्यै छन् । लुखुरे देखि खुंवार नेताहरुले बोलिरहेको छन् तर सुजोको बोली पटककै सुन्या छैन । गर्नु ग¥यौ बलराम भैसी पालेर भनेझै गर्नु ग¥यो सुजो मुख बन्द गरेर । कि कसो हौं ?
गणतन्त्र जान्छ रे
पर्धानमन्तरी पुष्पकमल दाहाल अबचाहिँ खुस्के कि क्या हो ? कि उनले सत्य बोल्या हुन कि उनी खुस्किए । अब हेरै न अस्तिक दिन काठमण्डौतिरकै एक कार्जेक्रममा ड्याल बाउले भन्या गनतन्त्र जाला जस्तो छ । हुन त नेपाली जन्ताले आएको पनि देख्या थेनन् जाँदा पनि देख्दैनन । त्यही गणतन्त्रको वैतरण्ी समातेर सिंहदबार छिरेका प्रचण्डाउले राम्रै सपना देखेछन् कि क्या हो ? नत्र उनले एकाएक कसरी गनतन्त्र जान्छ भनेर ठोकुवा गरेर भाषन गरे त ? पक्कै उनले गनतन्त्र जसरी आएको थियो त्यसैगरी गएको सपना देखेको हुनुपर्छ । संघीयता, धर्मनिरपेक्षता, सर्वाभौमसत्ता जस्ता गणतन्त्रका उपलबधी सबै गुम्छ भनेर उन्ले चिन्ता पनि प्रकट गरेछन् । यति भाँडिम उपलब्धी अहिलेसम्म नेपाली जन्ताले सँुघ्न सम्म पाएका छैनन् । अहिले सम्म यी उपलब्धी डकार्ने त नेताहरुमात्र हुन क्या रे । त्यसैले नेपाली जनतालाई गनतन्त्र जाओस कि आओस् फुइøयाँको मतलब ?
अन्तेमा
पौष २७ गतेलाई पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउन हिजो पृथ्वी नारायण साहको शालिक भाच्नेहरु यतिबेला ज्यान फालेर लागेका छन् । ढिलै भएपनि शालिक तोडफोड गर्नेहरुमा सद्बुद्धि आएको देख्दा घण्टाघरलाई रमाइलै लागेको छ । तिनै पृथ्वीनारायण शाहले बनाइदिएको देशमा डकार आउन्ज्यालसम्म खाने, मोज गर्ने, अनि तिनै पृथ्वीनारायण साहको शालिक फुटाएर आफूलाई बडो क्रान्तिकारी सम्झनेहरुमा सद्बुद्धि पलाएको देख्दा कस्लाई अचम्म लाग्दैन र ? अब पौष २७ लाई पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने टुंगो लाग्या छ । यो वहुत बढिया कुरा हो ।

तपाईको प्रतिक्रिया