भारत तामिलनाडुकी मुख्यमन्त्रीको निधन

धरान, १ बैशाख

भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ । ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो। स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ ।
१९४८ फेब्रअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश
गरेकी थिइन् । बलिउडमा समेत चर्चित जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन् । आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन ।
जयललिताको अन्तिम संस्कार मंगलबार साँझ मरीना किनामा
गरिएको छ । भारतीय प्रधानमन्त्री
नरेन्द्र मोदीले मेत जयललितालाई अन्तिम श्रद्धान्जली दिनुभएको समाचार स्रोतले जानकारी दिएको छ ।
उनको मृत्यु पूर्व नै समाजिक सञ्जाल र तामिल च्यानलहरुमा मृत्युका समाचार सार्वजनिक भएपछि हंगामा भएको थियो । जसका कारण अस्पताल परिसमा रहेका उनका शुभचिन्तकमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । उनी आइसीयूमा भर्ती भएसँगै अस्पताल परिसरमा उनका शुभेक्षुक र शुभचिन्तकको भिड लागेको थियो । जानकारका अनुसार जयललिता एक सफल वकिल बन्न चाहन्थिन् । तर, भाग्यले उनलाई पहिला फिल्ममा र पछि राजनीतिमा लग्यो ।

तपाईको प्रतिक्रिया