धरान÷धरान–चतरा सडक खण्ड कालोपत्रे गर्ने ठेक्का पाएको नागर्जुन कष्ट्रक्सनले बीचैमा काम छाडेर भागेपछि उक्त सडक खण्डको कालेपत्रे काम अलपत्र परेको छ ।
बहुचर्चित सडक खण्ड दुई बर्षमा दुई बर्ष अगाडि काम शुरु भएपछि हर्षित बनेका स्थानीय पुनः निराश भएका छन् । सडक विभागबाट ७ करोडको ठेक्का पाएको काठमाण्डौको नागार्जुन कष्ट्रक्सन प्रा.लि.ले धरान चतरा सडकको १३ किमी कालोपत्रे गर्नुपर्नेमा बीचैमा काम छोडेर भागेको स्थानीय तथा नेपाली काँग्रेस
चतराका सभापति नारायण नेपालले जानकारी दिनुभयो ।
सभापति नेपालका अनुसार नागार्जुन कष्टक्सन प्रा.लि.ले उक्त सडक खण्डमा दुई किमी मात्र कालोपत्रे गरेको छ । त्यो पनि भत्किएर खाल्डाखुल्डी परेको छ ,
बाँकी कम सबै लथालिंग छ । सम्झौता अनुसार उसले एक कल्भर्ट र कालोपत्रे गर्ने हो तर उसले रातारात स्काभेटर, डोजर समेत लिएर भागेको स्थानीयले बताए । केही दिन अगाडि बराहक्षेत्र वडा नं. ५ खारखोलामा राखेको स्काभेटर लिएर जान लाग्दा स्थानीयले अवरोध समेत
गरेका थिए । प्रहरी, स्थानीय र नागार्जुनका प्रोपाइटर विष्णु फुयाँलबीचमा भएको वार्ताको क्रममा भाडामा ल्याएको स्काभेटर सम्बन्धितलाई दिनुपर्ने, चाँडै अर्के स्काभेटर ल्याएर काम गर्ने सहमति समेत भएको थियो । तर स्काभेटर लगायत अन्य उपकरण लिएर गएका फुयाँल दुई महिनादेखि फर्किएर आएका छैनन् ।
उता कोशी पुलदेखि बराहक्षेत्र मन्दिर परिषरसम्मको बाटो निर्माण कार्यसमेत जिल्ला वन कायालय सुनसरीको अवरोधका कारण ठप्प भएको छ । पुष्पाञ्जली कष्ट्रक्सन प्रा.लि.ल ८ करोडमा ठेक्का पाएको उक्त सडक खण्ड कालोपत्रे गर्ने कार्य रोकिएपछि स्थानीय चतराबासी आक्रोसित भएका छन् । पुष्पाञ्जली निर्माण सेवाक प्रोपाइटर र जीवनदाशसँग यस सम्बन्धमा सम्पर्क राख्दा उहाँले भन्नुभयो वनको अवरोध, स्थानीय गुण्डाहरुको चन्दा आतंकले काम गर्न सक्ने अवस्था नै भएन ।
