गाउ“ गाउ“मा स्वास्थ्य सेवा अभियान

धरान÷ रोट्याक्ट क्लब अफ धरान घोपा, रोटरी क्लब अफ धरान घोपा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा सुनसरीको दुर्गम क्षेत्र मानिएको मध्यहर्षाहीमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मध्याहर्षाहीको जनता निमाविमा आयोजना गरिएको शिविरमा ३ हजार सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत
वितरण गरिएको रोट्याक्ट क्लवब अफ घोपा धरानका अध्यक्ष विनोद मेहताले जानकारी दिनुभयो ।
स्वार्थभन्दा माथि सेवा र सेवाद्वारा साझेदारीमा विश्वास राख्ने यस संस्थाले हालसम्म सुनसरी, धनकुटाका विभिन्न पिछडिएका स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै त्यस भेगका सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी जनजेतनामुलक कार्यक्रमको आयोजना गर्दै आएको रोट्याक्ट क्लब अफ घोपा धरनका अध्यक्ष मेहताले जानकारी दिनुभयो ।
मेघा हेल्थ क्याम्प नाम दिएको यस क्याम्पमा बर्षमा एक पटक पिछडिएको दुर्गम गाउको छनौट गरी त्यस गाविसका सम्बन्धित निकायसंग समन्वय गरी आयोजना गरिने गरेको उहाको भनाई छ ।
धनकुटाको पाख्रीबास, जीतपुर, डाडा बजार तथा सुनसरीका विभिन्न पिछडिएका स्थानमा गएर प्रतिष्ठानकै बरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क ओपिडी सेवा, चेकजाच पश्चात निःशुल्क औषधि वितरण, प्रतिष्ठानमै सुविधा हुने ल्याव टेष्टहरु मुटुको इसजी, भिडियो एक्सरे तथा विभिन्न रगत तथा युरिन टेष्टका साथै
रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने गरेको छ ।
५० जना दक्ष चिकित्सकसहित १ सय जनाले सो शिविरलाई सहयोग पु¥याएका थिए । यसका लागि मध्यहर्षाही गाविस, जनता निमाविका कर्मचारी तथा शिक्षक र कोशिस फाउन्डेशन, नेपाल औषधि तथा विक्री प्रतिनिधिले सहयोग गरेको कार्यक्रमका संयोजक मयंक मिश्रले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया