धरान÷गुट, उपगुट र सहगुटमा विभाजित धराने काँग्रेसीहरुमा यतिबेला अभूतपूर्व एकता देखिएको छ । सदैव किचलो एक अर्काप्रति विश्वास हुन नसक्ने यहाँका स्थनीय नेता तथा कार्यकतार्मा नजिकिनुलाई पार्टी सभापति शेरबहादुर देउवाको धरान आगमनलाई पनि लिने गरिएको छ ।
नेपाली कँगं्रेसको १३ औं महाधिवेशन पश्चात पार्टी सभापति बन्नुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गत शुक्रबार नेपाली काँग्रेसका धरान उपमहानगर समितिको बार्षिक भेला उद्घाटन गर्नुभयो । बार्षिक भेलामा आÏना गुट र उपगुटहरुलाई विर्सेर स्थानीय नेता, कार्यकर्ता, भातृ संगठनका पदाधिकारी सबै सभापति देउवाको स्वागतमा जुटेका
थिए ।
नेपाली काँग्रेस धरानका कार्यकर्तामा त्यस प्रकारको उत्साह यसभन्दा अगाडि कहिल्यै देखिएको थिएन । विगतमा शीर्षस्त तहका नेता आउँदा पनि एउटा समूहको सदैव उपस्थिति देखिदैन थियो । तर यसपटक परिस्थिति भिन्न देखियो । सायद यसैबाट उत्साहित भएर पार्टी सभापति शेरबहादुर देउवाले बार्षिक भेलालाई सम्बोधन गर्दा भन्नुभयो ‘आगामी स्थानीय निर्वाचनमात्र हैन प्रदेश र केन्द्रीय स्तरका निर्वाचनमा काँग्रेसको बहुमत आउँछ । उहाँले अहिलेको मुलुकको अवस्थाप्रति टिप्पणी गर्दै भन्नुभयो संसदमा दर्ता भएको संविधान संसोधनको प्रस्ताव पारित भएरै छाड्छ । उहाँले भन्नुभयो आज ससदमा दर्ता भएको संसोधन प्रस्ताव हिजो एमालेको नेतृत्वमा सरकार हुँदा केपी ओली नै तयार गरेको ड्राÏट हो । आज त्यही प्रस्ताव ससदमा दर्ता गर्दा हंगामा किन मच्चाएको उहाँको प्रश्न थियो । उहाँले भन्नुभयो भोलि प्रस्तावको समर्थनमा एमालेले पनि मतदान गर्छ । उग्रवादी चरित्रले एमालेलाई नै घाटा हुने उहाँको कथन थियो ।
नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईले धरानको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको
थियो । धरानका सबै वडा भेला सम्पन्न गरेपश्चिात बार्षिक नगर भेलाको आयोजना गरिएको भन्दै सभापति राईले आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले विजय हासिल गर्ने वातावरण बनेको छ । नेपाली काँग्रेसप्रतिको विशवास आम धरानबासीमा बढदै गएको छ । हरेक वडामा अन्य दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । उहाँले थप्नुभयो धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा आगामी उपकुलपति काँग्रे्रेसको आउनुपर्छ , पार्टी सभापति देउवा र उपस्थित अन्य नेतृत्वलाई आग्रह गदैै उहाँले भन्नुभयो, प्रतिष्ठनमा नेपाली काँग्रेस निकटको उपकुलपति आएमा आफूहरुलाई संगठन गर्न अझ सहज हुनेछ । यससँगै सभापति राईले २० बुँदे ज्ञापनपत्र समेत पार्टी सभापति देउवलाई हस्तान्तरण गर्नुभएको थियो । जसमा जलधार क्षेत्र अतिक्रमणको चपेटामा परेकोले त्यसको संरक्षणम केन्द्रिय
स्तरबाट पहल, धरानमा एयरपोर्टको निर्माण, अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न, कोशी राजमार्ग वाइपास गरेर लैजानुपर्ने, धरान चतरा मार्ग निर्माण, वहुजातीय संग्राहालय निर्माणमा यथेष्ट बजेट, सर्दुु र सेउतीले विनाश गरेको हजारौ विघाहा जमीन तटबध बनाएर संरक्षण आदि रहेका थिए ।
नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राईले पनि धरानको विकासमा केन्द्रीय स्तरबाटै पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो मुलुक संघीयतामा गइसकेको छ । आगामी दिनमा प्रदेश नं. १ को
राजधानी धरानलाई बनाउनुपर्ने, विकासका योजनाहरुलाई प्राथमिकतामा राखी धरानमा ल्याउन आग्रह गर्नुभएको थियो । यसैगरी नेपाल तरुण दल
सुनसरीका अध्यक्ष सिजन गुरुङ्गले आफ्नो छोटो मन्तव्यमा भन्नुभयो अहिले पार्टीभित्र नेतैपिच्छे गुट, उपगुट र उपगुट देखापरेको छ । हामी आÏना प्रतिपक्षहरुसँग लड्न, भिड्न सक्छौं । तर आफैभित्रको गुट, उपगुट र सह गुटबाट काँग्रेसको संगठनमा ह्रास आउँदै गएको बताउनुभयो ।
नेपाली कँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेलले सञ्चालन गर्नुभएको उक्त बार्षिक नगर भेलामा लामो समयदेखि अहोरात्र सक्रिय सुनसरी क्षेत्र नं. १ का सभापति चन्द्रप्रसाद श्रेष्ठ, पूर्व सभापति हेमलाल सुब्बा, पूर्व नगर सभापति तथा महाधिवेशन प्रतिनिधि कृष्णकला मादेन र पूर्व नेपाली काँग्रेसका जिल्ला सभापति पूर्व सांसद हरिनाथ वाँस्तोलालाई सम्मान गरिएको थियो । श्रेष्ठ, लिम्बु र मादेन कार्यक्रममा उपस्थिति भएकोले उहाँहरुलाई सम्मान गरिए तापनि वास्तोला अनुपस्थित रहनु भएको
थियो । यसैगरी धरानका २३ वटै वडाका वडा सभापतिहरुलाई सभापति देउवाले मायाँको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा यातायात व्यवस्था राज्य मन्त्री सीताराम मेहता, पूर्व मन्त्री एवम् प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, नेपाल महिला संघकी केन्द्रीय सभापति डिला संग्राौला, नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री
सरोज थापा, सांसंद मिन विक लगायतले बोल्नुभएको थियो ।
त्र

