घण्टाघरबाट हेर्दा

आकाश खस्दैन रे
अर्थ न बर्थ गोविन्द गाइा टाउको दुख्या औषधि नाइटामा लाइ जस्ता व्यहोराका छन् हाम्रा सभासदहरु । सभासदले बोल्या देख्दा घण्टाघरका कन्सिरीका रौा तातिन थाल्या छ । अब हेरौा न एमाउवादीका अध्येक्षे प्रचण्डाउको बोली सुन्दा माघ ८ गते संविधान नबन्ने पक्का पक्की भएको छ । भदौ २१ गते सम्ममा कार्यतालिका अनुसार सहमति नजुटेका विषयमा सहमति जुटाउने समय सीमा भए तापनि सहमति जुटय्ने त हैन म्याद थप गर्ने काम भयो ।, माघ ८ गने तै संविधान नआए आकाश खस्दैन धर्ति फाट्दैन भनेर एमाउवादीका अध्येक्षे प्रचण्डाउले प्याच्च बोले । उन्को बोलीमा बोली मिलाउने काम मधेशी नेता र दुई चारजना ऐरे गैरे सभासदले गरे । संधिानसभाबाट संविधान चािहने भन्या नै माउवादीलाई हो । अरुलाई त पहिलेकै संविधानले काम चलेकै थियो । कि माउवादीलाई पनि पहिलाकै संविधान ल्याउा–ल्याउा लाग्या हो कि ? नत्र सहमति जुटाएर संविधान बनाउने
कुरामा किन आलटाल ?
पीडितका नाममा
कसलाई के को धन्दा कस्लाई के को धन्दा घरज्वाइालाईचाहिा खानकै हसुर्नकै धन्दा भनेझौ बाढीपहिरोले कहिले सर्वसाधारण पुरिएलान्. र बग्लान् भनेर कुरेर, धूप धुावार गरेर बस्नेहरुको यतिबेला कमाउधन्दा राम्रै फस्टाएको छ । विचारा बाढी पहिरोमा परेकाहरको यतिबेल कन्त विजोग छ । श्रीसम्पत्ति बगेर गयो, आफन्तहरु सिद्धिए । आाखा ओभाएका छैनन् तर केहीलाई भने कमाउने अवसर मिलेको छ । सुनकोशीको पहिरोले आपन्त पुरेको ठाउामा दलका नेताहरु बाटिङ गरेर रमाउादै छन् । बााके बर्दिया, सुर्खेत तिर हेलिकोप्टर सयर गर्दै छन् ।
राहतको नाममा करोडौ दाताले दिएको रकम आफै हसुरेर एक दुई प्याकेट चाउचाउ र दुई चार मुठी चिउरा बााड्दै छन् । चोरलाई पनि यतिखेरै सत्र पल्टिएको छ । पीडितका बचेखुचेका सामान चोरेर हैरान । लासबाट समेत पैसा आउने भएसी सास भएका नेताले के छोड्थे ?
सर्वपक्षीय भेला
नेता स्द्दे जन्मिएका भए पो मुलुक उाभो लाग्छ । पहिलो संविधानसभाले संविधान जन्माउन नसकेपछि माउवादीका अधयेक्षे वैधाउले भन्या थे गोलमेच सम्मेलन गरौा । त्यसैबाट संविधान लेखौं । बूढाको कुरा त्यसबेला कसैले मानेनन् । बूढालाई अलग्याएर अरु चुनाउमा गए । संसदमा छिरेर
राज्यको ढुकुटी कुटुकुटु खाने भए । तर वैधाउ बूढाले आफ्नो अडान छोडेनन् । यतिबेला अएर कााग्रेस, एमाले, प्रचण्डाउको माउवादी, मधेशी दलका स्वााठहरु सबै वैधाउको एजेन्डामा सहमत भएका छन् । हाम्रा बाउबाजेले त्यसे भन्या हैनन्, कुरा सुन्ुनु बूढाको आगो ताप्नु मुढाको । वैधाउ बूढाको
कुरा पहिल्यै सुन्दिएको भए दोस्रो संविधानसभाको निर्वाचनमा झण्डै १८ अर्ब चिलिम हुने थे’न । गोलमेचबाटै संविधान बन्ने थियो भने किन सभासदहरुलाई राज्यको ढुकुटीबाट पोसिरहने ? पहिल्यै गोलमेच सम्मेलन गर्दिएको भए यत्तिका दिनसम्म सभासदहरुले वैधाउका कुरा किन नसुनेका होलान् ।
कमलाउको दनक
राप्रपा नेपालका अध्येक्षे कमलाउ बोल्नका लागि त मापाकै हुन् ।अस्तिका दिन आÏनै गृहे जिल्लातिर आएर भने संविधान बनाउने कुरामा झालेमाले, माउवादी र नेप्लीज कााग्रेसको नियति नै ठीक छैन । हुन त हो पनि नियति ठीक भैद्या भे यिन्ले पहिल्यै संविधान बनाइहाल्थे नि । संविधान बनाउने लुर पनि त हुनुपर्‍यो । संविधानको ‘स’ समेत नजान्नेहरु सभासद भएसी कहााबाट बन्छ संविधान ? कमलाउले अर्को कुार पनि बोलेछन् । धर्म हिन्दु नै हुनुपर्छ भनेर अड्डी कसेपछि तीन दलका चतुरे नेताहरु विलखबन्धनमा परेका छन् ।  राखौा आफैले थुकेको थुक कसरी चाट्नु, नराखौा छ कमलाउले यिन्लाई टिकीखान देलानजस्तो छैन ।
जय शम्भो
प्रहरी प्रधान कार्यालयले थुप्रै डिएसपी, एसपीको सरुवा गर्‍यो । कतिलाई डिआइजीमा बढुवा भए ।
घरेलु मन्त्री बाउदेउ गौतमको घरमा विहानै बेलुृका कोसेली बोकेर पुग्ने बेकमेहरुको बढुवा भयो तर राम्रो काम गर्नेहरुलाई बढुवा हुनबाट खुस्क्याइयो । जय शम्भो चाकडी कम भो’ भन्या त यही हो । नेपालमा पनि इमान्दारितापूर्वक काम गरेर उाभो लागिन्छ त ? नेताको चाकडी, उपेन्द्रकान्तको चाकडी गर्‍या भे’ बढुवा नहुनेले टाउकोमा हात
राखेर बुढीका गाली विहान बेलुकै खानु पर्ने थिएन  । नेपाल इमान्दारिताबाट चाकडीतर्फ उन्मुख भएको विचाराहरुले पत्तै पाएनन् । चाकडी चौकण्डीहरुको दबदबा र बोलवाला भएको अवस्थामा टेढो आागनमा सिधा नाचेर पनि कही हुन्छ ? जस्तो आागन त्यस्तै नाचेर पनि कहीा हुन्छ ? जस्तो आगान त्यस्तै नााच्नु पर्दैन ? जस्तो आगन त्यसतै नाचेपछि बढुवा नहुने त कुरै थिएन । के गर्नु मंगले आफ्नै ढंगले भन्या यही हो ।
ठूला भ्रष्ट नदेख्ने
हाम्रा गामघरतिर एउटा उखान छ नाङ्लो ठड्याएर हात्ती तर्साउनु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको र रवैया यतिबेला यस्तै देखिएका छ । अख्तियारको आाखा कमजोरी थियो भने सानालाई कर्‍यापकुरुप आठ्याउाछ । अन्धो भा’ छैन भनौ भने ठूलालाईचाहिा देख्दा नि देख्दैन । हरे भगवान अख्तियारको आाखालाई के भा’ होला ? गाविसका सचिव, पियन, सुब्बा, खरदार, शिक्षकहरुलाई प्रष्टै देख्ने अख्तियार मन्त्रालयका सचिव, सह–सचिव, विगतका डाइरेक्टरहरुलाईचाहिा देख्दै देख्दैन । नगरपालिकाका इन्जिनियर, कार्यकारी अधिकृतहरुलाई हेर्दा पनि हेर्दैन । गोडा दशेक हजार घुस लिनेलाई आठ्याउाछ तर करोडौ करोड कुम्लाउनेलाई देख्दैन । झन मन्त्रीहरुलाई त अख्तियारले पटक्कै देख्दैन । देखोस् पनि कसरी तिनै मन्त्रीले नियुक्ति गरेपछि । आÏना मालिकको ओड त जसले पनि ढाक्नै पर्छ ।
आखिरी नमकको सोझे गर्नु परेन ?
निर्देशन
हैन हौ यो मुलुकाा के हुन आाट्या हा ? पदम पुगेपछि दह्रोसाग लगौटी कस्न नसक्नेले पनि निर्देशन दिन्छन् । अब हेरौ न ग्याास व्यवसायीहरुले
सरकारलाई ग्याासको कोटा बढाइदे भनेर आन्दोलनको घोषना गरे । उता संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता सम्बन्ध समितिले ग्याास व्यवसायीलाई आन्दोलन फिर्ता गर्न निर्देशन दिएछ । आाची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै । आन्दोलन गर्नेले त्यस्ता जाबो समितिले निर्देशन दिादैमा मान्ने भए यो मुलुकाा आन्दोलन नै हुने थिएन । विद्यार्थीले आन्दोलन गर्दा शिक्षा समितिले, यातायातले आन्दोलन गर्दा यातायात व्यवसायीले निर्देशन दिादा कहिले आन्दोलन
रोकिएको छ । पानीमा अपानवायु छोडेजस्ता समितिको निर्देशन मान्न भए किन आन्दोलन हुन्थ्यो ?
अन्तेमा
धुन्धुकारी सभासदले माघ ८ गते पनि संविधान नबनाउने भए । मानो रोपेर मुरी उब्जाउने समय भनेझौ यो पााच महिना भेडिया धसान दिएर संविधान बनाउने बेलामा हाम्रा सभासद लुतुलुतु विदेश भ्रमणमा जान थाल्या छन् । सरकारी ढुकुटीमा विदेश भ्रमण जान पाएपछि जाबो संविधान लेख्ने माथापच्चीमा लागोस् । कि कसो हौ सभासदज्यूहरु ?

तपाईको प्रतिक्रिया