बीपी जन्म शताब्दीका अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा ७ जना सम्मानित

धरान/बीपी जन्म शताब्दीका अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा मंगलबार स्थानीय गीता मन्दिरमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा आजीवन समर्पण हुनुभएका, प्राज्ञिक क्षेत्रमा समर्पित व्यक्तित्व, सामाजिक क्षेत्रमा समर्पित व्यक्तिहरु, प्रकाश कोइराला हरिनगरा सुनसरी, छविलाल पोख्रेल धरान १४, मनमाया लिम्बु धरान १०, सिद्धिकर्ण शर्मा
धरान–१६, धनबहादुर राई धरान–८, हरेराम कर्मचार्य धरान ३ र कार्मेल हाइस्कुललाई सम्मान गरिएको थियो ।
नेपाली कााग्रेसका केन्द्रीय सदस्य तथा वनमन्त्री महेश आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको सभापतित्व बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष आनन्द आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य विजय श्रेष्ठले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया