आफनो दुःख आफै समाधान गर्दै व्यवसायीहरु

धरान÷ पालिका तरकारी बजारमा व्यवसायी गर्ने व्यापारी व्यवसायीको घाउमा व्यवसायीहरु नै मिलेर मल्हम लगाउने परम्पराको विकास भएको छ ।
आजभन्दा ३१ बर्ष अगाडि स्रब्जी तथा फलफूल व्यवासायीहरुको हकहितको लागि गठन भएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिमा आवद्ध
रहेका व्यवसायी तथा व्यापारीहरुलाई परेको पीरमार्कामा व्यवसायीहरुले नै मल्हम लगाएर घाउको दुखाई कम पार्ने अभियान शुरु गरेपछि यससंग आवद्ध व्यापारी तथा व्यवसायीहरु व्यवसायप्रति उत्साहित बन्दै गएका छन् ।
२०४२ सालमा व्यवसायीकै हितका लागि भनेर गठन भएको यो संस्थाले ४ बर्ष अगाडिदेखि भने व्यवसायी गर्दा गर्दै नोक्सानी व्यहोर्नुपरेको अवस्थामा, व्यवसायमा संलग्नको परिवार गुमेको समयमा तथा विरामी भई व्यवसाय सञ्चालन गर्न कठिनाई भएको अवस्थामा आफ्नो संस्थामा आवद्ध त्यस्ता व्यवसायीहरुलाई सहयोग गर्दै आइरहेको छ ।
२०६९ सालदेखि शुरु गरेको यो अभियान अन्तर्गत हालसम्म १ सयको हाराहारीमा यस्ता व्यवसायीहरुलाई न्यूनत्तम १० हजार र आवश्यक परेका त्यो भन्दा बढी सहयोग गर्दै आइरहेको छ । यतिमात्र हैन यहाका व्यवसायीहरुको स्वास्थ्यमा समेत गम्भीर बन्दै गएको छ । संंस्थाले बेलाबेला स्वास्थ्य शिविरको समेत आयोजना गर्दै आइरहेको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका सचिव आफ्नो २९ औै बार्षिकोत्सव मनाउने क्रममा बताउनुभयो ।
यसका लागि संस्थाले एक व्यवसायीवापत दैनिक २ रुपैया उठाउने गरेको छ । त्यही उठाएको रकमबाट आपत्त विपत्तमा परेका व्यवसायीहरुलाई सहयोग गर्ने गरेको छ । यस बर्ष समेत संस्थाले बार्षिकोत्सवको अवसर पारेर आफ्नो अभिभावक गुमाएर गुजारा गर्न नसक्ने चार जनालाई १०÷१० हजार रुपैया सहयोग प्रदान गरेको छ । विगत केही बर्षदेखि पालिका तरकारी बजारमा व्यवसायी गर्दै आएका र आफ्ना श्रीमान गुमाउनु परेका गंगा रेग्मी, रत्नकुमारी कटुवाल, तारा कटुवाल र श्रीमति गुमाउनु परेका प्रेमबहादुर कार्कीलाई सो बराबरको सहयोग रकम हस्तान्तर गरेको हो । यस्तै यही संस्थाले असोज ८ गते समेत पालिका तरकारी बजार छेउमा विजयपृुर हस्पिटलसंग सहकार्य गरेर १ सय ५९ जनाको न्रिःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ ।
यस्ता उदाहरणीय कामको अन्यले समेत प्रशंसा गरेका छन् । व्यवसायीको हितका लागि गरेको कामप्रति नेपाल साना उद्योग व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष उद्धव अधिकारीले खुलेरै प्रशंसा गर्नुभयो ।
व्यवसायीका लागि यस्तो काम गर्दा समेत धरान उपमहानगरपालिकाले व्यवसायीको हितका लागि केही काम नगरेको आरोप समेत सो अवसरमा लगाए । भानुसब्जी तथा फलफूल व्यवसायी समितिका पूर्व अध्यक्ष एवम कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरीले उपभोक्तालाई व्यस्त
रहने यस बजारमा सडक जीर्ण हुदा समेत निर्माणमा उपमहानगरपालिकाले वेवस्ता गरेको आरोप लगाउनुभयो ।
यता उपमहानगरपालिकाका प्रशाकीय अधिकृत गणेश खतिवडाले प्राय यस्ता संघसंस्थाहरु ०४६ सालपछि अर्थात प्रजातन्त्र स्थापनापश्चात खुले पनि यो भने ०४२ सालमै खुल्नु पनि यसको उद्देश्य प्रष्ट भएको बताउनुभयो । उहाले व्यवसायीको हक हितका साथै दुःखमा परेका व्यवसायीहरुलाई सहयोग र विरामीहरुको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने कार्यको अन्य संघ संस्थाले पनि सिक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
व्यापारीहरुलाई सहयोग गर्दै आएको यस संस्थाले हालसम्म १ लाख ४४ हजार रुपैया अक्षय कोष समेत जम्मा गरिसकेको छ । विशेष गरी नाफामुखी र व्यक्तिगत स्वार्थका रुपमा खोलिने यस्ता संघ संस्थाले व्यवासायीको हितमा तल्लिन भानुसब्जी तथा फलफूल व्यवसायी समितिको कामको अनुशरण गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया