धरान÷पाचौ सुनसरी टेक्निकल कलेज एम्योचर गल्फ प्रतियोगिताको उपाधी ८ हेण्डिक्याप विजय राईले उचालेका छन् ।
पार ७० मा ४ अण्डर खेल्दै इटहरीका एम्योचर गल्फर ८ हेण्डिक्याप विजय राईले उपाधी उचालेका हुन् । उपाधीसँगै राईले कप , ट्रफी तथा नगद ५ हजार बराबरको उपहार पाएका छन् । शनिबार धरान स्थित निवार्णा कन्ट्री कल्वको गल्फ कार्षमा सम्पन्न प्रतियोगितामा पार ७० मा १ ओभर खेल्दै ८ हेण्डिक्याप शेखर लिम्बु दोस्रो भए । उनले ट्फीसँगै नगद ३ हजार बराबरको उपहार पाए । पार ७०मा २ ओभर खेलेका राम तामाङ तेस्रो हुदै ट्रफिसँगै नगद २ हजार बराबरको उपहार हात पारे ।
प्रतियोगिताको सिनियर विजेता बन्न सफल मेजर मनहादुर लिम्बुले विजय राईले नगद २ हजार बराबरको उपहार पाए भने जुनियर विजेता भएका रितेश तामाङले समेत नगद २ हजार बराबरको उपहार प्राप्त गरे ।
सुनसरी टेक्निलक कलेजको प्रायोजन तथा धरान गल्फ क्लबको आयोजनामा भएको प्रतियोगितामा वेष्ट ग्रस हुदै युवराज भुजेलले नगद ४ हजार बराबरको उपहार पाए । ३ वडि खेलेका पदमहाङ लिम्बुले मष्टबडीको उपाधीसँगै नगद १५ सय बराबरको उपहार पाए भने १७ ओ होलमा
नेयरष्ट टु दि पिन खेलेका बिएम सुनुवारले नगद १५सय बराबरको उपहारसँगै
नेयरष्ट टु दि पिनको उपाधी हात पारेका थिए । १८ औ होलमा लगेष्ट ड्राइभ गरेका रुपेन गुरुङ नगद १५ सय
बराबरको उपहारसँगै लगेष्ट ड्राइभको उपाधी हात पारे । प्रतियोगिताको वेष्ट स्पोटस्मेन सिपको उपाधीसँगै किरण लिम्बुले नगद १५ सय बराबरको उपहार पाए । प्रतियोगिताका विजेताहरुलाई नेपाल गल्फ एसोशिएसनका केन्द्रिय सदस्य मेजर मनवहादुर लिम्बु, प्रतियोगिताको प्रायोजक सुनसरी टेक्निकल कलेजका अध्यक्ष लेखीराज सुब्बा तथा धरान गल्फ क्लवका अध्यक्ष पुर्ण लिम्बुले कप, ट्रफी तथा उपहार वितरण
गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा वोल्दै सुनसरी टेक्निकल कजेज अध्यक्ष सुब्बाले प्रतियोगिताको ५ बर्षै सम्झौता सकिए पनि पुनः प्रायोजन रकममा वृद्धि गर्दे थप गर्ने आश्वसन दिए ।
