धरान÷नेपाल र भारतको संयुक्त लगानीमा वि.सं. २०५० सालमा स्थापना भएको मुलुककै सबैभन्दा ठूलो
अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनको एक महिनापछि
रिक्त हुन लागेको उपकुलपति पदमा नियुक्तिका लागि प्रतिष्ठानभित्रै कार्यरत बरिष्ठ चिकित्सकहरुबीचमा आन्तरिक प्रतिष्पर्धा चलेको छ ।
वर्तमान उपकुलपति प्रा.डा. बलभन्द्रप्रसाद दाशको पाँचबर्षे कार्यकाल आगामी पौष १७ गतेदेखि समाप्त हुने भएपछि आकर्षक मानिने उपकुलपतिमा नियुक्तिका लागि आकांक्षीहरु प्राध्यापक, चिकित्सकहरु राजधानीको दौडधूपसँगै शक्ति केन्द्र धाउन थालेका छन् ।
उपकुलपतिको प्रतिष्पर्धामा आधा दर्जनले लिगलिगे दौड शुरु गरेपनि बाहिरबाट नलादिए वर्तमान उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दाश, प्रा.डा. प्रहलाद कार्की,, प्रा.डा. चन्द्रशेखर अग्रवालमध्ये एक हुने निश्चित रहेको प्रतिष्ठानका अन्य चिकित्सक एवम् कर्मचारीहरु बताउँछन् । उपकुलपतिको दौडमा रेडियोलोष्टि प्रा.डा. राजकुमार रौनियार, प्रा.डा. विएन यादव, प्रा.डा. संगीता भण्डारीले पनि दौड लगाइसकेका छन् । आफ्नो पाँचबर्षे कार्यकाल दर्जनौ सुधारका काम गरी सफलतापूर्वक सम्पन्न गर्नुभएका दाशले आफू इन्टे«ष्टेड नभएको र दौडधूपमा समेत नलागेको तर सरकारले पुनः जिम्मेवारी दिएमा पछि नहँट्ने मनस्थितिमा देखिनुभएको छ । प्रतिष्ठानको स्थापना कालदेखि नै कार्यरत उपकुलपति दाशले यस भन्दा अगाडि अस्पताल निर्देशकको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रा.डा. प्रहलाद कार्कीले समेत अस्पताल निर्देशको पद सम्हालीसक्नु भएको छ भने प्रा.डा. चन्द्रशेखर अग्रवालले सर्जिकल वार्डको एचओडी सम्हाल्दै आउनु भएको छ ।
प्रा.डा. बलभद्रप्रसाद दाश प्रतिष्ठान सञ्चालनका लागि स्रोत खोज्न सक्ने व्यक्तिका रुपमा समेत चिनिनु हुन्छ । उहाँको कार्यकालमा प्रतिष्ठानले ३ सय ५० वेड शैøयालाई बढाएर सात सय पु¥याएको छ भने भारतमा समेत नरहेको ४ सय बेडको छुट्टै चाइल्ड हेल्थ सेन्टरको समेत निर्माण शुरु गर्नुभएको छ । यसका अलावा क्यान्सर अस्पतालको निर्माण समेत चाँडै हुने भएको छ । यसका लागि दाशकै पहल र आग्रहमा सरकारले भवन निर्माणका लागि चालू आर्थिक बर्षमा ३ करोड विनियोजन गरिसकेको छ । उहाँ भन्नुहुन्छ, सन् १९९४ मा प्रतिष्ठान स्थापना भयो, आज विरामी बढेका छन्, चाप बढेको छ । सामाधानका लागि सरकारलाई पूर्वधार बनाइदिन आग्रह गर्छौै । तर सरकार प्रतिष्ठन अटोनोमस हो, आफै कमाएर गर्नुपर्छ भन्छ । सरकारले प्रतिष्ठानका भौतिक पूर्वाधार निर्माणमा अटोेनोमस भनेर पन्छन मिल्दैन । सरकारको मातहतमा रहेको हो भने भौतिक पूर्वाधारमा सहयोग गर्नुपर्छ हैन अटोमोनस हो भने हामीलाई विद्यार्थी शुल्क बढाउन दिनुपर्छ । त्यसबेला सर्वसाधारणले उपचार पाउँदैनन् । काम गर्न विगतका उपकुलपति भन्दा अगाडि देखिनु भएका दाश भन्नुहुन्छ, काम ग¥यो भने भ्रष्टाचारी भन्छन् गरेन भने निकम्बा भन्छन् । तर उहाँले कसैको कुरा नसुनी कामलाई अगाडि बढाउनुभयो ।
मन्त्रीको रुचीमा दाश
प्रतिष्ठानको भिसी बन्नका लागि यतिबेला रेडियोलोष्टि प्रा.डा. राजकुमार रौनियार सबैभन्दा लिप्ती कसेर लागेका छन् । उनका दाजु नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष गौरी शंकर रौनियार शक्ति केन्द्रको नजिक रहन काठमाण्डौमा बस्नु भएको स्रोतले जानकारी दिएको छ । चाकडीको भरमा पद हत्याउनेले भोलिका दिनमा प्रतिष्ठानमा के काम गर्छ, प्रशासनका कर्मचारी बताउँछन् ।
यता सिनियरको आधारमा नियुक्ति दिनुपर्छ भनेर दशौपटक अनसन बस्नु भएका प्रा डा.गोविन्द केसीको मागलाई आत्मसात गर्दा प्रा.डा. चन्द्रशेखर अगवाल र प्रा.डा. प्रहलाद कार्कीको सम्भावनालाई कसैले नकार्न नसक्ने देखिएको छ । दौडमा रहेका अन्य प्रा.डा. बलभद्र पसाद दाशको इष्र्या गर्दै दाश हुन सक्छन् भने हामी किन नसक्ने भनेर मात्र दौडमा लागेको प्रतिष्ठानका एक कर्मचारीले बताए । अर्का एक कर्मचारी भन्छन् केही समय भिसीको नियुक्ति नै सरकारले गर्ला जस्तो छैन ।, तर जे भएपनि स्वास्थ्यमन्त्री गगन थापाको इन्ट्रेष्टचाहिँ वर्तमान उपकुलपति प्रा.डा. बीपी दाशलाई निरन्तरता दिने देखिन्छ । यसै सम्बन्धमा मन्त्री थापासँग सम्पर्क
राख्दा उहँले भन्नुभयो, दाशले प्रतिष्ठनमा धेरै सुधार गरेको देखियो । यसभन्दा बाहेक थप उहाँले केही बोल्न चाहनु भएन ।
बाहिरकालाई स्वीकार नगर्ने
आगामी पौष १७ देखि रिक्त हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा बाहिरका कसैलाई नियुक्ति दिएर पठाए त्यसलाई स्वीकार नगर्ने प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।
उनीहरु यहाँ आकर्षक जागिर खान मात्र आएका हुन्छन् । यस भन्दा अगाडि प्रा.डा. पूर्णचन्द्र कर्मचार्यलाई भिसी बनाएर पठाउँदा प्रतिष्ठान झण्डै ४० करोड घाटामा गयो, एक पदाधिकारीले भने । जहिल्यै काठमाण्डौ बस्ने, प्रतिष्ठान सञ्चालनमा स्रोत नखोज्ने, नन प्राक्टिसिङ्ग भएपनि कर्माचार्याको पालामा चिकित्सकहरु नोबेल लगायतका मेडिकल कलेजमा गएर काम गर्दा पनि केही कारबाही गर्न नसक्दा प्रतिष्ठन लथालिंगै भएको थियो । भिसी प्रतिष्ठानलाई बुझेको यही कार्यरत हुनुपर्छ, कर्मचारीहरु भन्छन् । आज प्रतिष्ठान नाफामा गएको छ । भौतिक संरचनाहरु पनि थपिएका छन् । त्यसैले बाहिरबाट आएकालाई हामी स्वीकार्दैनौं, आन्दोलन गर्छौ, कर्मचारीहरु भन्छन् ।
