होराइजन क्लब धरान–१७ ले आयोजना गरेको तेस्रो होराइजन खुल्ला आमन्त्रण बास्केटबल प्रतियोगितामा इर्मोटल क्लब धरान–१५ ले विजयी सुरुवात गरको छ । धरान–१७ स्थित निम्न माविको बास्केटबल कोर्टमा भएको पहिलो खेलमा इर्मोटलले आयोजक होराइजन क्लबलाई १०–८, १५–१८, २४–३१ र ४१–४९ अंकले पराजित गरेको हो ।
प्रतियोगितामा म्यान अफ द म्याच इर्माेटल क्लबका निमेश शाक्य घोषित भए । म्यान अफ द म्याच घोषित शाक्यलाई प्रमुख अतिथि किशोर राईले १ हजार नगदसहित मायाको चिनो प्रदान गरेका थिए । मंसिर ४ गतेदेखि ११ गतेसम्म हुने सो प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष किशोर राईले गरेका थिए । क्लबका अध्यक्ष बालकृष्ण सुनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीको पनि उपस्थिति रहेको थियो । १३ खेलाडि समूहको सहभागिता रहेको सो प्रतियोगितामा विजेता र उपविजेता खेलाडि समूहले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् ।
कार्यक्रममा भोलिको खेल डिपोटियन स्पोर्टस् क्लब र स्ट्याग क्लबबीच हुनेछ भने दोस्रो खेल वीपी डक्टर्स र यलम्बर क्लबबीच हुने भएको छ ।
