धरान÷सानैदेखि खेलप्रति अभिरुचि राखी राष्टूको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ विगत १३ बर्षदेखि सञ्चालित १३ औं ललित–अम्बर डिपो कप–०७३ तथा दिलकुमार प्लेट च्याम्पियन कप(०७३ लाई निरन्तरता दिने भएको छ ।
विद्यालय स्रबाट नै फुटबल खेलको विकास गर्ने उद्देश्यले सुनसरीका निजी विद्यालयका ५ कक्षा सम्मका विद्यार्थीहलाई सहभागी गराई अन्तविद्याललय स्तरीय प्रतियोगिता गर्दै आएको डिपोट उच्च माबिका प्राचार्य राजकुमार राईले बताउनुभयो ।
प्रतियोगितामा सुनसरी जिल्ला भरिका १५ वटा बिद्यालयहरुका १६ टिमले प्रतिष्पर्धा गर्ने उहाले जानकारी दिनुभयो । प्रतियोगितामा पुर्व क्षेत्रिय पुलिस बोर्डिङ हाई स्कुल धरान, हिमशिखर आई स्कुल तरहरा, होलीलेण्ड ईन्टरनेशनल स्कुल धरान, एसओएस हर्मन माईनर स्कुल
ईटहरी, डिपोट हाईयर सेकेण्डूी स्कुल, लोट्स विद्या मन्दिर लगायतका स्कुलको सहभागिता रहनेछ । प्रतियोगितामा १२ बर्ष मुनिका ४ फिट १० ईन्च उचाई भएका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जानकारी दिएको छ । ३ लाख ३४ हजार ३ सय रुपैंयाको लगानीमा शुरु हुने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ ।
