लागू औषध नियन्त्रणमा युवाहरु सक्रिय

धरान÷लागु औषध सेवनकर्ता तथा एचआइभी सक्रमितहरुलाई समाजले अझै पनि भेदभाव गर्ने गरेको तथा विभिन्न लान्छाना लगाउने गरेको कारण उनीहरु थप पिडा भोग्न बाध्य भएको भन्दै धरानमा यसको विरुद्ध अभियान सुरु गरेका छन् ।
लामो समय देखी विषेश गरी महिला लागु औषध प्रयोगकर्ता तथा एचआइभि सक्रमितहरुको क्षेत्रमा काम गर्दै आएको दृष्ट्रि नेपालको अगुवाईमा यो अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत शनिबार धरानमा सचेतनामुलक साइकल ¥यालीको आयोजना गरिएको छ । लागु औषध सेवन कर्ता तथा एचआइभी सक्रमितहरुलाई समाजले गर्ने भेदभावका कारण लागु औषध नियन्त्रण हुने तथा यसको कारण झन् समस्या बढ्दै जाने भएको कारण आफुहरुले यो अभियानको सुरुवात गरेको दृष्टि नेपालकी कार्यक्रम सम्योजक सुयुसा घलेलेको भनाई छ ।
एक फटक फसेका युवायुवतीलाई समाजले हेर्ने आखामा कुनै परिवर्तन नभएकै कारण पुनः फस्ने डर त्यतिकै भएकोले समाज र प्रशासनसंग सहकार्य गरेर सामाजिक परिवर्तनमा समेत
परिवर्तन ल्याउन आवश्यक रहेको
धरानमा विगत २३ वर्ष देखी लागु औषध नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको
किरात याक्थुङ चुम्लुङका कार्यकारी निर्देशक कमल तिगेलाको भनाई छ ।
विषेशगरी धरानमा लागु औषध सेवनकर्ताको समस्या निकै रहेको वताउदै इलाका प्रहरी कार्यलय धरानका प्रहरी
निरिक्षक रमेश कुमार श्रेष्ठले यो समस्या समाधानका लागी आफुहरु सचेतनामुलक कार्यक्रमा सहकार्य गर्न तयार रहेको वताए । उनले लागु औषध प्रयोगकर्ताको उपचार आफुहरुले सहकार्य गर्दै आएको र उनीहरुको अधिकार प्रति आफुहरु सचेत रहेको वताए ।
¥यालीमा अधिकांश किशोर किशोरीहरुको सहभागीता रहेको ¥याली धरान–६ स्थित भानुचौकबाट सुरु भई छाता चौक, कल्याण चौक, नारायण चौक पुतली लाईन हुदै पुनः भानुचौक आएर समापन भएको थियो । विभिन्न सचेतनामुल प्लेकार्ड सहित ¥यालीमा ५० भन्दा बढि किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया