कलियुगकी कुम्भकर्णः दिनमा २२ घण्टा सुत्छिन् यी महिला

सामान्य मानिसलाई २४ घण्टामा ७÷८ घण्टाको निद्रा पर्याप्त हुन्छ । तर एकजना महिला यस्ती छिन् जो दिनमा २२ घण्टा सुत्छिन् । नसुतेको बाँकी दुई घण्टामा समेत उनी लगभग अर्र्धिनद्राकै हालतमा हुन्छिन् ।
क्यानडाको नोवा स्कोटियामा बस्ने ३७ वर्षीया हिथर रिड वास्तवमा कलियुगकी कुम्भकर्ण नै हुन् भन्दा
फरक नपर्ला । तर यस्तो सधैजसो
सुतिरहने यस्तो बानी कुनै दैवी चमत्कार भने होइन, रोग हो ।
वास्तवमा उनी स्लिपिंग ब्यूटी सिन्ड्रोम नामक स्नायु रोगबाट पीडित छन् । यसलाई माइलेजिक एनसेफालोमिलेटिस तथा क्लेइन लेविन सिन्ड्रोम पनि भनिन्छ ।
यो रोगले उनको जीवनमा ठूलो असर पारेको छ । जीवन नै एउटा भूतजस्तो लाग्न थालेको छ रे उनलाई । पछिल्लो ७ वर्षदेखि उनी यो रोगबाट ग्रसित छिन् ।
सात वर्ष पहिले आफ्नो निद्रा सामान्य रहेको तर कमजोरी र थकानका कारण आफ्नो सुत्ने समय विस्तारै बढ्दै जाँदा २२ घण्टा पुगेको उनी बताउँछिन् । विश्वमा यस्तो सुत्ने रोग लागेका मानिसको संख्या झण्डै १ हजार रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया