तेस्रो इन्द्र बराह स्मृति एम्योचर गल्फ प्रतियोगिताको उपाधी बलवहादुरलाई

धरान÷ तेस्रो इन्द्र बराह स्मृति एम्योचर गल्फ प्रतियोगिताको उपाधी धराने एम्योचर गल्फर बलवहादुर
राईले उचालेका छन् । प्रतियोगितामा अण्डर २ खेल्दै राईले उपाधी माथि कब्जा जमाएका हुन् ।
शनिबार धरान स्थित निवार्णा कन्ट्री कल्वको गल्फ कार्षमा सम्पन्न प्रतियोगितामा पार १ ओभर खेल्दै बुद्धिमान सुनुवार दोस्रो भए पनि सामान खेलेका सन्तोष कार्की काउन ब्याकको आधारमा तेस्रो भए । प्रतियोगिताका विजेता राईले कप र ट्रफि सहित
बराह ज्वेलरी इण्डष्टिूज प्रा.लि का तर्फवाट १० हजार बराबरको उपहार पाए भने दोस्रो भएका सुनुवारले ट्रफि सहित ६ हजार बराबरको उपहार पाएका छन् । त्यस्तै काउन ब्याकका आधारमा तेस्रो हुनेकार्कीले ट्रफी सहित ३ हजार बराबरको उपहार पाए ।
प्रतियोगिताको सिनियर विजेता बन्न सफल विजय राईले नगद २ हजार बराबरको उपहार पाए भने जुनियर विजेता भएका रितेश तामाङले नगद ३ हजार बराबरको उपहार प्राप्त गरे ।
वराह ज्वेलरी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिको प्रायोजन तथा
धरान गल्फ क्लबको आयोजनामा भएको प्रतियोगितामा वेष्ट ग्रस हुदै पुर्ण लिम्बुले नगद ६ हजार बराबरको उपहार पाए भने सेकेण्ड ग्रस हुन सफल युवराज भुजेलले नगद ३ हजार बराबरको उपहार हात पारे । त्यसै गरि लङगेष्ट ड्राइभ राम तामाङ,नियरेष्ट ड्राइभ उत्तम राई हुदै दूवैले नगद २ हजार बराबरको उपहार पाए । प्रतियोगिताको वेष्ट ड्रेस राजु राई र वेष्ट एफोट्मेनसिपको उपाधी मेजर मनि प्रसाद राईले हात पारे । प्रतियोगिताका विजेतालाई वराह ज्वेलरी बराह ज्वेलरी इण्डष्टिूज प्रा.लिका अध्यक्ष शिव लामीछानेले ट्रफि तथा उपहार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया