धरानमा समेत डेंगुरोग देखा प¥यो

धरान÷अहिले देशका विभिन्न स्थानमा डेंगो रोगको माहामारी फैलिएको छ । राजधानी काठमाण्डौ लगायत पूर्वको झापा, मोरङ हुदै डेंगुृको संक्रमण धरानमा समेत फेला परेको छ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगो रोगका विरामीहरु उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन थालेका छन् । मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने डंगो रोग तराईका धेरैजसो स्थानमा फेला परेपनि धरानमा समेत फेला परेको यो पहिलो हो ।
धरानमा पहिलो फेला परेको डेंगु संक्रमीत विमारी धरान–१६ की १३ बािर्षय जिना राईको वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पिआईसीयु कक्षमा उपचार भैरहेको छ । प्रतिष्ठानका बालरोग बिशेषज्ञ डा. अरुण कुमार सिंहका अनुसार धरानकी जिनामा डेंगुको संक्रमण भेटिएकाले धरानमा उनी पहिलो डेंगुको विरामी हुन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत सेप्टेम्बर १५ देखि आज सम्म २ सय ५ वटा क्लिनिकल केशहरु मध्ये ३३ वटा एनेसम भन्ने पोजिटिभ भेटिएको प्रतिष्ठानका प्रवक्ता डा. नारायण प्रसाद भट्टराईले बताउनुभयो ।
डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ । डेंगू ज्वरोको
रोगीको रगत अरुलाई चढाउदा अङ्ग
प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले बताउनुभयो ।
यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । डेंगू रोग मानिसबाट मानिसमा सोभैm सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामुखुट्टेले जमेको सफा पानीमा लार्भा हुर्काउँछ । डा.सिंहका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट संक्रमण हुने भएकोले घर र वरिपरी पानी जम्न नदिने, सरसफाई गर्नु पर्ने सुझाव दिनुहुन्छ । धरानमा पहिलो पटक डेगुं संक्रमित भेटिए पछि धरान उपमहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय र वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानसँगको सहकार्यमा सचेतना कार्यक्रम तथा
रोकथामका लागि पहल गर्ने उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेश प्रसाद खतिवडाले बताउनुभयो ।
डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान चिकित्सकहरुले आग्रह गरेका छन् । लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर, खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने चिकित्सकको सुझाव छ । डेंगो लागिसकेपछि मुखबाट वा नसाबाट
(इन्ट्राभेनस) तरल पदार्थ दिएरमात्र उपचार गरिन सकिने चिकित्सकको भनाई छ । त्यसैले यसबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुले सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया