लिम्बुवानमा अब शसक्त आन्दोलन हुँदै

धरान÷लिम्बुवान प्राप्तिका लागि मुलधारको सञ्जुहाङ्ग पालुङ्गवाले नेतृत्व
गरेको संघीय लिम्बान पार्टी नेपालले अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषणा गरिनुपर्छ भन्दै शसक्त आन्दोलन गर्ने जनाएको छ ।
सञ्जुहाङ्ग पालुङ्गवाले नेतृत्व
गरेको संघीय लिम्बुान पार्टी नेपालबाट अलग भई कुमार लिंगदेनले आÏनै नेतृत्वमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् नामको पार्टी गठन गरेका थिए । परिषद्ले समेत अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषण गरिनुपर्छ भन्दै आफ्ना गतिविधि अगाडि बढाउदै आएको थियो ।
दुई बर्ष अगाडि धनकुटाको
भेडेटारमा बीर नेम्बाङ्ग, कमल छाराहाङ्ग, सञ्जुहाङ्ग पालुङ्गवा, कुमार लिंगदेनले नेतृत्व गरेको लिम्बुवावादी पार्टीहरुबीचमा एकीकरण भयो । एकीकरण पश्चात संघीय लिम्बुवान पार्टी नामाकरण गरी कार्य विभाजन समेत भयो । उक्त पार्टीले अरुण पूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार सहित लिम्बुवान स्वायत्त राज्य घोषणा, अंगीकृत नागरिकतालाई पूर्ण रुपले बञ्चित, मतदाता नामावलीमा फोटो सहितको परिचयपत्र अमान्य र धर्म निरपेक्षतालाई बटम लाइन बनायो । तर पछिल्लो समय संघीय लिम्बुवान पार्टीका अध्यक्ष समेत रहेका कुमार लिंगदेनले संघीय लोकतान्त्रिक मेधेशी मोर्चासँग आन्दोलनमा सहकार्य गरेपछि एकीकृत भएको चारवटै लिम्बुवान पार्टीहरु पहिलेकै अवस्थामा पुगेका छन् अर्थात सबै अलग अलग भएका हुन् । संघीय लिम्बुवान पार्टीभित्र थिंक ट्याक भनेर चिनिएका खगिन्द्र माखिम, बंगाई धिमाल, केदार धिमाल, जेन्टल लावती, फोक्तालुङ्ग, लावाङ्ग चेम्जोङ्ग जस्ता सबै सञ्जुहाङ्ग पलुङ्गवाको कित्तमा पुगेका छन् । यहाँ सम्म कि कुमार लिंगदेनका केन्द्रीय सचिव गजेन्द्रमान चोङवाङ क्याक लिम्बुले समेत नेतृत्वप्रति असहमति जनाउदै दुई महिना अगाडि राजीनामा दिइसक्नु भएको छ । लिम्बु भन्नुहुन्छ अहिलेसम्म मेरो राजीनामा स्वीकृत भएको छैन । उहाँ भन्नुहुन्छ, अब म पर्खर र हेरको अवस्थामा छु । हाम्रो बटम लाइन भनेको लिम्बुवान प्राप्ति हो ।
उता मोर्चासँग आवद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिंगदेन आगामी आन्दोलनका विषयमा छलफल गर्न मोर्चाको बैठकमा काठमाण्डौ पुग्नुभएको छ । आगामी आन्दोलनको स्वरुप कस्तो हुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिगदेनले भन्नुभयो, म लगायत मोर्चाका नेताहरुको लक्ष्मीपूजाको दिन प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट भयो । उहाँहरुले यही महिनाको अन्तमा सविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराउन भनेका छन् । हामी यो महिनाको अन्तिम सम्म पर्खन्छौं । तर उहाँहरुले सविधान संसोधनको प्रस्ताव संसदमा दर्ता
गराउनु हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन, लिंगदेनले भन्नुभयो । उहाँहरुको आसय मधेशीको माग केही पूरा गर्ने र दलित, आदिवासी, जनजाति, मुस्लिम लगायतका मागलाई पेलेरै पूरा नगर्ने देखियो । त्यसैले अब आन्दोलनको विकल्प छैन । अबको आन्दोलन वार कि पार हुन्छ । आन्दोलन काठमाण्डौसँगै लिम्बुवानमा पनि हुन्छ, उहाले भन्नुभयो ।
यता लिम्बुवान प्राप्तिका लागि भावि आन्दोलनलाई कुन रुपमा लैजाने, आन्दोलतको स्वरुप कस्तो बनाउने भन्ने सम्बन्धमा कार्तिक २२ गते संघीय लिम्बुवान पार्टी नेपालको केन्द्रीय समितिको बैठक झापाको विर्तामोडमा बसेको छ । लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्गवासँग केन्द्रीय समिति बैठकले के निर्णय ग¥यो त भन्ने सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो, अहिले वैठक बसिरहेको छ । त्यसलाई अहिल्यै बाहिर ल्याउन मिल्दैन । उहाँले थप्नुभयो, आन्दोलन हुन्छ, निश्चित हुन्छ । अबको आन्दोलन विगतको जस्तो सम्झौतामा गएर टुंगिदैन ।

तपाईको प्रतिक्रिया