धरान÷ऐतिहासिक प्रथम तमु सार्क सम्मेलन कार्तिक ७ र ८ गते अठार बुदे धरान घोषणापत्र जारी गदै्र्र भव्यताका साथ सम्पन्न भएको छ ।
सम्मेलनको समुद्घाटन गर्दै उपराष्टूपति नन्दबहादुर पुनले काली गण्डकीदेखि बूढी गण्डकी सम्मको भुभागमा बसोबास गने आदिवासी गुरुङहरु आज नेपालका हरेक जिल्लामा मात्र नभएर संसारका हरेक देशमा स्थायी तथा अस्थायी रुपम बसोबास गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, गुरुङ्गहरुको आÏनै भाषा, धर्म, सँस्कृति छ । संसारभरिका गुरुङहरुलाई एक ठाउामा ल्याउन तमु ह्युल छोज धि गुरुङ राष्टिूय परिषद प्रशंसनीय कार्य गरेको भन्दै उपराष्टूपति पुनले सम्मेलनमा भाग लिन एसिया, युरोप, भारत, भुटानबाट आउनु भएका सबै तमुहरुलाई शुभकामना दिनुभएको थियो । नेपाल विविधिताले भरिएको देश हो । बहुभाषी, वहु साँस्कृतिक, वहुधर्मिक, प हिचान नै नेपालीहरुको साझा पहिचान हो । एकले अर्काको पहिचान र अस्तित्वको सम्माा गर्न सकेमात्र राष्टू बलियो हुन्छ ।
उपराष्टूपति पुनले भन्नुभयो नेपालमा विभिन्न कालखण्डमा भएका आन्दोलनमा तमु सादसुयाले अह् भूमिका निर्वाह गरेका छन् । डा. हर्क गुरुङ जस्ता महान व्यक्तित्वको स्मरण गर्द उहाँले भन्नुभयो सात दलको राजनेतिक संघर्षले स्थापित गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशी व्यवस्था हाम्रा उपलब्धी हुन् । अब आर्थिक ,साकाजिक सहितको समृद्ध नेपालब नाउन हामी सबै लाग्नुपर्छ, विकास र सामाजिक एकताका लाग गहन छलफल हुनुपर्छ । उहाँले भन्नुभयो २०४७ माघ ८ गते सम्ममा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । असन्तुष्टहरुको मागलाएई सम्बोधन गर्न सविधान संसोधन आवश्यक छ । यसका लागि सबै राजनीतिक दलहरु छलफलमा जुटेको उपराष्टूपति पुनको कथन थियो ।
दोस्रो दिन अर्थात कार्तिक ८ गते सम्पन्न बन्द सत्रले जारी १८ बुँदे धरान घोषणापत्रमा प्रत्येक दुई दुई बर्षमा तमु सार्क सम्मलन गर्ने, तमु समुदायको इतिहास,, भाषा, धर्म र संस्कृति परम्परागत मूल्य मान्यताको संरक्षण विकासका लागि निरन्तर क्रियाशील रहने दृढ संकल्प गरेको छ । यसैगरी नेपालमा तमु समुसादयको आदिक भूमि तमुवान रसार्क मुसुकमा बसोबास गरिरहेका सम्पूर्ण तमुहरुको पहिचान र अस्तित्वको उच्च सम्मानका लागि सामुहिक पहल गर्ने, नेपालमा भइरहेको तुमवान प्राप्तिको आन्दोलनप्रति एक्कवद्धता जाहेर गर्ने, सबै सदस्य मुलुकमा तमुहरुबीचमा एक आपसमा मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै भाषा, धर्म, संस्कृतिको संरक्षण र विकासका लागि सक्रियता पूर्वक लागी पर्ने, तमु समुदायको परम्परागत ज्ञान, सीप र विकासका लागि सक्रियतापूर्वक लागि पर्ने, तमु समुदायको आर्थिक स्तर उकास्न साकुहित था संस्थागत लगानीको वातावरण बनाउन पहल गर्ने, तमुहरुको सामाजिक विकास र उत्थानका लागि तमु कल्याणकारी कोषको स्थापना गर्ने, भारतको दार्जीजिङ, सिक्किम लगायतका स्थानमा प्रचलित खेमा लिपीबारे थप अध्ययन गर्दै विश्वभरिका तमुहरुबीचमा साझा लिपीको निक्र्र्याैल गर्ने, अन्तर्राष्टिूय श्रम सगठनको अभिसन्धी १६९र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्टूसंघीय घोषणापत्र कार्यान्वयनको माग गर्ने, तमु मातृ भाषा र त्हेंता ल्हुँताको संरक्षण र सम्बद्र्धन गर्दै साँस्कृतिक चाडपर्वहरुको मौलिकताको संरक्षण गर्न प्रतिबद्धता जाहेर गर्ने लगायतका रहेका छन् ।
तमु ह्युल छोंज धीं गुरुङ राष्टिूय परिषद्का अध्यक्ष रेशम गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङ, माओवादी केन्द्रका सचिव देव गुरुङ, एमालेका पोलिट्व्युरो सदस्य पर्शुमेघी गुरुङ, नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, सिक्किम भारतकी एमएलए तिलु गुरुङ,सर्व भारतीय गुरुङ संगठन भारतका अ्रध्यक्ष वाइ के मेघी गुरुङ, तमु छोंज धीं भुटानका अध्यक्ष राजमान गुरुङ, पूर्व प्रधानसेनापति छत्रमान गुरुङ, पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । तमु छोंज धीं जिल्ला कार्य समितिका सभापति बकस मान गुरुङले स्वागत मन्तव्य राख्नुभउको थियो भने बरिष्ठ उपाध्यक्ष सभापति भद्रमान गुरुङले कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव धनमान गुरुङ, नरबहादुर गुरुङ, डम्बर गुरुङ र मनोज गुरुङले गर्नुभएको थियो ।
