भारी मात्रामा पट्कासहित एक जना पक्राउ

धरान÷ः जतिसुकै कडा चेकजाँच गरेपनि दिपावलीको समयमा नेपालमा पट्ेका भित्रिने क्रम रोकिएको छैन । प्रहरीले नेपाल भारत सीमामा चेकजाच कडाइ राख्दै तिहारको समयमा विस्फोटक पदार्थ पट्का भित्रिन नदिने र अन्य स्थानका प्रहरीले समेत गस्ती टोली खटाई चेकचाचलाई कडाई बनाउने भनिएपनि पट्का भित्रिन छाडेका छैनन् ।
कडा चेकजाचकै क्रममा धरानमा भारीमात्रामा विभिन्न प्रकारका पट्का भित्रिएको पाइएको छ । प्रहरीले धरान २२ देउराली र धरान ८ तीनकुनेमा रहेको प्रहरी चेकपोष्टले चेकजाचका क्रममा २१ सय थाथ पट्का, २१ थान आलु बम, ९ बण्डल खोर्सानी बम, बम २९ प्याकेट, रकेट बम १० प्याकेट र साउनण्ड बम ८ पकेटसहित एक जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरी गस्तीले कार्तिक ५ गते २ बजेको समयमा भरात घर भई हाल धरान २२ देउरालीमा डेरा गरी बस्ने बर्ष २२ को पवन दासलाई २१ सय पिस पट्का र २१ थान आलु बमसहित पक्राउ गरेको हो ।
यस्तै कार्तिक ८ गते विहानको समयमा अस्थायी प्रहरी पोष्ट तीनकुनेले सवारी चेकजाचका क्रममा ९ बण्डल खोर्सानी बम,, बम २९प्याकेट, रकेट बम १० प्याकेट, चकलेट बम ४ प्याकेट र साउण्ड बम ८ प्याकेट प्रक्राउ
गरेपनि विस्फोटक पदार्थ ल्याउने मानिस भने फेला परेन ।
यस घट्नाले धरानमात्र हैन पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजृुङ लगायतका जिल्लामा पट्का सप्लाई हुन सक्ने अनुमान गरिएको छ ।,
पक्राउ परेका दाशलाई कानुनी काबराही अगाडि बढाइने र अब विस्फोटक पदार्थ भित्रिन नदिन प्रहरीले शर्तकर्ता अपाउने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका विस्फोटक पदार्थ आजै प्रहरीले खाल्डो खनी नष्ट समेत गरेको छ ।

तपाईको प्रतिक्रिया