जक्सन रेष्ट्रोमा मेघराज मृत भेटिए

बेलबारी । मोरङको बेलबारी ३ मा
रहेको जक्सन रेष्ट्रोमा एक व्यक्ति झुण्डिएर आत्माहत्या गरेको अबस्थामा फेला परेका छन ।
सोमबार बेलुका ८.३० बजे होटलमा आएका मोरङको सुन्दरदुलारी नगरपालिका ६ का मेघराज खडका मंगलबार बिहान मृत अबस्थामा फेला परेका हुन ।
बिहान ढिलो समय सम्म नउठेपछि शंका लागेर प्रहरीलाई खबर गरेको र प्रहरीको सहयोगमा हेर्दा झुण्डिएको अवस्थामा फेला
परेको होटल सञ्चालक खेम गौतमले बताए । उनले नाम राम तामाङ ठेगाना झापा लेखाएर होटलमा बसेका थिए ।
उनको साथमा रहेको
नागरिकताको आधारमा उनको पह्चिान भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले बताए ।
उता मोरङको बयरबनस्थित कानेपोखरी पूर्वमा पूर्व पश्चिम लोकमार्गसँग जोडिएको जंगलको झाडीमा करिव ३५ वर्षीया आर्यन महिलाको शव सोमबार विहान फेला परेको छ ।
महिलाको नाम थर र ठेगाना खुली नसकेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख रमेश बस्नेतले जानकारी दिए । शव स्थानियले देखेर खवर गरेपछि प्रहरीले विहान शवको प्रकृति मुचुल्का गरेको छ ।
लोकमार्गबाट १५ फिट उत्तरमा
रहेको शवको दाहिने आँखामाथि गहिरो चोट देखिएको र वरपर शव घिसारेको अवस्था देखिएकाले कसैले हत्या गरेको प्रहरीले बताएको छ ।
शवलाई पोष्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही महिना यता पथरी क्षेत्रमा २ दुई महिलासहित ३ जनाको हत्या भईसकेको छ ।

तपाईको प्रतिक्रिया