धरान÷ आर्थिकसगै सामाजिक क्षेत्रमा समेत काम गर्र्दै आएको बराह ज्वेलरी इण्डष्टिूज प्रा.लि.ले सेवा विस्तार गरेको छ ।
ज्वेलरीसंगै डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको प्रा.लि.ले धरानको मुटु भानुचौकमा अत्याधुनिक सुविधा सम्पन्न ज्वेलरी सोरुमको शुरुवात गरेको हो ।
प्रा.लिको २२ औं बार्षिकोत्सवको अवसरमा विभिन्न जातजातिका गरगहनासंगै स्वदेशी उत्पादनका गहनाहरुसहितको सुन र चादीको छुट्टाछुट्टै सोरुम शनिबार देखी सञ्चालनमा ल्याएको हो । सो रुम सहितको नया भवन मेजर दिलबहादुर राईले उद्घाटन गर्नुभयो ।
७ करोड लगानीमा शुरुवात गरिएको सो रुम भएको भवनमा ज्वेलरीसंगै बराह डिपार्टमेन्ट तथा कार्यालय समेत रहने प्रा.लि.का अध्यक्ष शिव लामिछानेले बताउनुभयो । उहाले मौलिक गरगहना तथा स्वदेशी उत्पादनलाई महत्व दिदै विदेशमा जस्तै सुविधा सम्पन्न सोरुममा गहना किन्ने ग्राहकको चाहना बमोजिम सुनचादीको छुट्टाछुट्टै सो रुम सञ्चालमा ल्याइएको जानकारी दिनुभयो । उहाँले स्वदेशी मौलिक गहनाको जगेर्ना गर्ने उद्येश्यले धरानमा सुन र चादीको छुट्टा छुटै अत्याधुनिक सो रुम सञ्चालनमा ल्याएको वताउनु भयो ।
उहाले धरानसगै चितवनको
नारागण , पोखरा काठमाडौसगै हङकङ युके मा समेत नेपाली नेपाली मोैलिक गहनाको सोरुम सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । बार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्र मा योगदान पु¥याउने व्यक्तिसंगै तीन सञ्चारकर्मीलाई समेत सम्मान गरेको छ । पत्रकार हर्ष सुब्बा र व्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्कीलाई
इन्द्रबराह स्मृति सम्मान र औजार दैनिकी लक्ष्मी दर्नाललाई इन्द्रबराह स्मृति प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको थियो । सुन चादीको सोरुमसगै
धरानमा सञ्चालनमा रहेको वराह डिमपाटमेन्टका ग्राहक मध्ये उत्कृष्ट एक जनलाई सुजुकी मोटर साइकल तथा ज्वेलरीवाट सुन चादी खरिद गर्ने एक जना ग्राहकलाई गोल्ड मेडल समेत प्रदान गरिएको थियो । सो अवसरमा धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत गरेको छ । प्रालिले हरेक वर्ष पुर्वमै सबै भन्दा धेरै रगत संकलन गर्देै आएको शाखा प्रमुख विकको भनाई छ ।
