धरान÷ युवाहरुलाई समेटेर पूर्वी नेपालमा समेत लोकल गाइडहरु उत्पादन भएका छन् ।
जसले पूर्वी नेपालको पर्यटन प्रवद्र्धन र आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने अपेक्षा पर्यटन व्यवसायीहरुल अपेक्षा राखेका छन् ।
कामको खोजीमा भौतारिएका नेपाली युवाहरुले वैदेशिक रोजगारीमा जानु नपर्ने र पूर्वको विकासमा अपेक्षाकृत रुपमा विकास गर्ने अपेक्षा राखिएको छ ।
पूर्वमा भएका आकर्षक पर्यटकीय स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानको प्रचार प्रसार गर्दै पर्यटनलाई व्यवसायिक बनाउन सहयोग पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन्
धरानमा यही उद्देश्य लिएर शनिवार सम्पन्न भएको लोकल टुरिष्ट गाइड तालिम बेला पर्यटकीय स्थललाई प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा ५ दिने टुरिष्ट गाइड तालिम सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्ड कांकडभिट्टाका प्रमुख गणेशप्रसाद तिमिल्सिनाले युवाहरुलाई पर्यटन व्यवसायमा लगाई विदेसिनबाट रोक्नुपर्ने बताउनुभयो । ५ दिने टुरिष्ट गाइड तालिमको समापनका आवसरमा बोल्दै उहाले नेपालमा प्रचुरमात्रामा पर्यटनको सम्भावना बोकेको स्थान भएपनि प्रचारप्रचारको अभावमा ओझेलमा परेको बताउनुभयो । उहाले अब युवा पुस्तालाई यो क्षेत्रमा प्रोत्साहन गरेर अगाडि बढाउनुपनेमा जोड दिनुभयो ।
प्रमुख तिमिल्सिनाले अहिले पर्यटन प्रवद्र्धनका लागि पूर्वमा समेत धेरै बजेट आएको बताउदै ओझेलमा परेका स्थानहरुमा आवश्यकता अनुसारको भौतिक पूर्वाधारमा जोड दिने बताउनुभयो ।
यस्तै तालिमका प्रशिक्षक एवम् पुरातात्विक विभागका रामबहादुर कुवरले हालसम्म नेपालमा पर्यटनसम्बन्धी काम गर्ने दक्ष जनशक्ति ४२ हजार पुगेको बताउदै लोकल गाइड विना त्यस स्थानको पर्यटकीय क्षेत्रको विकास नहुने भएकोले पर्यटकीय सम्भावित क्षेत्रमा गएर लोकल गाइड को तालिम समेत दिएको जानकारी दिनुभयो ।
यता तालिम लिने सहभागीहरुले यो तालिमपश्चात पूर्वको पर्यटन विकासमा फड्को मार्ने बताएका छन् । पर्यटन व्यवसायी समेत रहनुभएका बासुदेव बरालले विगतमा गरेका काम लाई तालिमले निखार ल्याउने बताउनुभयो ।
मंगलबारदेखि सुनसरी उद्योग वाणिज्य संघमा भएको तालिम पर्यटन बोर्डको आयोजनामा भएको थियो ।
धरान उपमहानगरपालिका र होटल व्यावसायी महासंघले पनि सहयोग गरेको थियो । तालिममा पूर्वका विभिन्न १० जिल्लाबाट ३० जना सहभागी थिए ।
