सेपाक टेक्रोमा पुर्व सिंगापुर गोर्खाज विजयी

धरानमा भर्खरै मात्र भित्रिएको सेपाक टेक्रो खेलको पर्वधनको लागि शुक्रवार मैत्रिपुर्ण तथा प्रदशनि सेपाक टेक्रो च्यारेटि खेल सम्पन्न भएको छ । पाच टिमले सहभागिता जनाएको
च्यारेटि खेलमा पुर्व सिंगापुर गोर्खा टिम विजयी भएको थियो । पुर्व गोर्खाले फाइनल खेलमा वहाल वाला सिंगापुर गोर्खा टिमलाई २५–१७ अंकको अन्तरले पराजित गरेको थियो । सेपाक टेक्रो संघ, सुनसरीको आयोजनामा आयोजित मैत्रिपुर्ण च्यारेटि खेलमा पुर्व सिंगापुर गोर्खाज, वहाल वाला सिंगापुर गोर्खा, धरान पत्रकार, धरान रन र धरान फुटवल फ्यान क्लवले सहभागिता जनाएको थियो ।
कार्यक्रममा च्यारेटि खेलवाट उठेको दश हजार रुपैया एचआइभी संक्रमित वालवालिकाको शिक्षाको लागि स्थापना गरिएको अक्षयकोषको लागि धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्कालाई चेक हस्तान्तरण गरेको थियो । सोहि कार्यक्रममा च्यारेटिको विषयमा थाहा पाएपछि वहाल वाला सिंगापुर गोर्खाज टिमले पनि तत्काल नगद संकलन गरेर अक्षय कोषको लागि १० हजार रुपैया संस्थालाई प्रदान गरेका थिए । साथै विजेता टिमले पुरस्कार स्वरुप पाएको २ हजार ५ सय रुपैया नगद पनि अक्षय कोषको लागि संस्थालाई नै प्रदान गरेका थिए ।
सेपाक टेक्रो खेल काठाण्डौमा केही समय अगाडि भित्रिए पनि सुनसरीमा भर्खरै मात्र भित्रिएको हुनाले मैत्रिपुर्ण तथा प्रदशनि च्यारेटि खेलको आयोजना गरिएको संघका अध्यक्ष विरेन्द्रविक्रम लिम्वुले जानकारी गराए । अव सातौ
राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्ने पनि उनले वताए ।
विरेन्द्र विक्रमको अध्यक्षता तथा डिपो आर्दश वहुमुखी क्याम्पसका व्यावस्थापन समिती अध्यक्ष गोर्खा मेजर श्रवणकुमार लिम्वुको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया