मंगोल नेशनल अर्गनाइजेसन नगरसभा धरान, सुनसरी स्थापित १ जनवरी १९८९ (भद्रगोल जेल) प्रेस विज्ञप्ती

“२१ औं शताब्दी अहिन्दु मुलबासी मंगोल मुक्तिको शताब्दी हो ।”
लोकतन्त्र † धर्मनिरपेक्षता †† प्रान्तीय सरकार †††
मंगोल नेशनल अर्गनाइजेसन
नगरसभा धरान, सुनसरी
स्थापित १ जनवरी १९८९ (भद्रगोल जेल)
प्रेस विज्ञप्ती
धरानको बहुचर्चित ब्म्द्य खानेपानी परियोजना नेपालकै दोस्रो प्रोजेक्टको रुपमा हेरिएको र राजनैतिक दल, उपभोक्ता र नेपाल सरकार तीन तिर हुँदा हुँदै पनि विभिन्न ऐन कानुनहरुको धज्जी उडाउदै ठूला दल र नगरपालिकाका कर्मचारीको मिलेमतोमा धरानबासी उपभोक्ताहरुको न्यायिक आवाजलाई वेवास्ता गर्दै अगाडि बडिरहेको प्रोजेक्टप्रति धराने जनता धरानेहरुबासीको गम्भीर आपत्ति रहेको विभिन्न चरणमा भएको सहमति विपरीत अन्तर्राष्ट्रिय कानुन मिच्दै नेपालको जल, जंगल, जमिन (आइ.एल.ओ) को नियमानुसार यहाँ बस्ने भूमिपुत्रहरुको हकभोग अधिकार हुँदा हुँदै पनि पिउने पानीको नाउँमा भूमिपुत्रहरुको जल, जमिन र जंगलको अधिकार कुण्ठित हुन गएकोप्रति धरान नगर क्षेत्रभित्र रहेका सम्पूर्ण पानी उपभोक्ताबासीहरुलाई सचेत गराउन चाहन्छौं । पिउने पानीको नाउँमा जलाधार क्षेत्रलाई कब्जा गर्न खोजिएको छ । यसमा धरानबासीको गम्भीर आपत्ति छ । ए.डि.वी. खानेपानी बोर्डको मुहान सर्दु जालधार क्षेत्र होइन उसको पानीको स्रोत भनेको जमिनबाट बोरिङ्ग गरेर निकालेर १५ बर्षसम्म धराने जनतालाई पिलाउनु हो भने यो अवस्थामा सर्दु जलाधार क्षेत्रभित्र उसको पाइप विस्तार र पानीको आँखा लगाउनु भनेको आइ.एल.ओ. १६९ को कानुनको धज्जी उडाउँदै यहाँको भूमिपुत्रहरुलाई पैतालाले कुल्चनु सरह हो । अति रञ्जित र अति प्रचारवाजी झुठ्ठा कपोकल्पित सर्वदलीय र सर्वपक्षीय भनिएको काल्पनिक नौटंकी अनुगमन शब्दको समितिसँग धराने जनता विश्वास
राख्दैन गर्दैन । माथिको आदेश र माथिको निर्णय जे हुन्छ त्यहाँ त्यहीँ हुन्छ भन्नेमा यो गणतन्त्र र लोकतन्त्रमा आजको चेतनशील धराने जनता मान्नैपर्छ भन्नेमा विश्वास गर्दैन ।
धरानको हित र उपभोक्ताको ईच्छा विपरीत गरिएको र गरिने निर्णयप्रति
धरानबासी हिजो पनि विश्वास गर्दैनथ्यो आज पनि विश्वास गर्दैनौ र यसको भविष्यमा पनि भण्डाफोर गर्दछ । धरानबासी लोकतन्त्रको मूल्य र मान्यता भित्र बाँच्न चाहन्छ ताकि कसैको जबरजस्ती हुकुमी शासन, शैलीमा बाँच्न चाहँदैन र अरुको अधिकार रक्षा गर्दछ । आफनो अधिकार पनि छिनिएको हेर्न चाहँदैन । धरानबासी आफनो युगैदेखि पहिचान बोकेको सार्वजनिक सम्पत्ति आफ्नै सो सरह ठान्दछ । हाम्रो
धरानको खानेपानी संस्थानलाई बोर्डको नाममा लगेर विलय गर्ने हचुवाको भरमा यो लोकतन्त्रमा सहैय हुँदैन । त्यसलै दुवै पक्षको अधिकार सुरक्षित रहेको धराने जनता हेर्न चाहन्छ । एक्काइसौ शताब्दीका विवेकशील राजनैतिक दल, नागरिक समाज, जनताको करद्वारा पालिएको कर्मचारीतन्त्र उद्योग वाणिज्य संघ सञ्चार जगत हिसान, एन. व्याब्सन, होटल एसोसिएसन, बस व्यवसायी संघ, सुरक्षा निकाय, आदिवासी जनजाति, बुद्धिजीवि लगायत धरानभित्र रहेका विभिन्न संघ सस्था, उद्योगपति, व्यापारी, शिक्षक, विद्यार्थी, मजदर, किसान विभिन्न धार्मिक संघ संस्थालाई धरानबासीको पानी पिउने विश्वव्यापी मानवअधिकारलाई सुरक्षित गदैैै धरानको खानेपानी संस्थान र खानेपानी बोर्ड आ–आफनै संरचना बनाउन अपिल गर्दछ । यसलाई बेवास्ता गरी जबरजस्ती गने प्रयास लोकतन्त्रमा ह ुँदैन, हामी विश्वास पनि गर्दैनौं । नेपाल सरकार, राजनैतिक दल, नगरपालिकाले चाँडै निकास निकाल्नेमा हामी पूर्ण विश्वासमा छौं । यो धराने जनताको र धरानबासीको आग्रह अनुरोधलाई स्वीकार गर्ने छ भन्ने हामीले पूर्ण विश्वास लिएक छौं । धन्यवाद ।
१. डिप बोरिङको पानी धरान बजारको पानी ट्यांकीमा जम्मा गरेर म्।ए।च्। को बमाजिम १६ देखि २४ घण्टा प्लाष्टिक पाइपमा पानी खुवाएर देखाउनु ।
२. ठूलो दलको नेताजी हो धराने जनताले मागेको पानी हो प्लाष्टिकके पाइप हैन ।
३. हामी नेपाली जनताले २०७२ को कानुन मान्ने कि ए.डि.वी.को कानुन मान्ने प्रष्ट पारि दिनुहोस् ।
भीम राई रमेश राई धनकुमार राइ हर्क साम्पाङ
(अध्यक्ष) (उपाध्यक्ष) उपाध्यक्ष अध्यक्ष
मगोल नेशनल संघीय खम्बुवान उपभोक्ता सरोकार मुलबासी एकता
अर्गनाइजेशन लोकतान्त्रिक पार्टी समिति सञ्जाल
धरान नगरसभा

तपाईको प्रतिक्रिया