चट्याङ लागेर तीन बालकको मृत्यु, दुई घाइते

धरान÷ सोमबार चट्याङ लागेर कोशी हरैचा १ बागझोडामा ३ जना बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विद्यालयमा अध्यनरत ती बालकहरु संविधान दिवसको अवसरमा विद्यालय समेत विदा भएको समयमा घर नजिकै रहेको बासझ्याङमा खेलिरहेको अवस्थामा अकास्मात चट्याङ पर्दा सोही स्थानका ७ बर्षीय चिराग खुलाल, १४ बर्षका राउल सुब्बा र १२ बर्षका सन्देश उरामनको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो भने १० बर्षका आनन्द
भट्टराई, ११ बर्षका रोजन भट्टराई घाइते भएका हुन् ।
दिउसो ३ बजेको समयमा अकस्मात आएको चट्याङले बासघारीमा खेल्दै
गरेका ती बालकलाई चट्याङले हानेको उनीहरुका अभिभावले बताएका छन् ।
घाम लागिरहेको अवस्थामा अकास्मात आएको चट्याङले त्यस स्थानको जमिन पुरै थर्काएकोले बाहिर निस्किएर छोराहरुलाई खोज्दा सबै भुइमा लडिरहको अवस्थामा भेटिएको मृतकमध्ये चिरागका बाबु चन्द्रबहादुर खुलालले बताउनुभयो ।
घट्ना घटनासाथ हतार हतार सामुदायिक भवन विराटचौकमा एकछिन राखेर एम्बुलेन्स लिएर धरान ल्याएको घाइते आनन्द भट्टराईका बाबु राजेन्द्र
भट्टराईले बताउनुभयो ।
मृतकमध्ये राउल सु्रब्बा र सन्देश उरामन सुकुना मावि विराटचौकमा कक्षा ७ र ६ मा अध्ययनरत थिए भने चिराग खुलाल सिद्धार्थ माविमा कक्षा ३ मा अ्रध्ययतरत थिए । यस्तै घाइते आनन्द भट्ट्राई र राजन भट्टराई भने सिद्धार्थ माविमा कक्षा ३ र ४ मा अध्यनरत थिए ।
घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकष्मिक कक्षमा उपचार
भइरहेको छ । उनीहरुको अवस्थामा सुधार हुदै गएको उपचारमा संलग्न चिकित्सक डा. राजन पौडेलले जानकारी दिनुभयो ।
चट्याङ परेको अवस्थामा
शरीरका सबै अंगमा करेन्ट प्रवाह हुने भएकोले यसले मुटु र किड्नीमा असर पार्न सक्ने स्म्भावना बढी हुने डा.पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया