असोज ३ गते कालो दिन ः २७ दलीय गठबन्धनले संविधान नमान्ने घोषणा ग¥यो

धरान÷सरकारले राजधानीको टुँडिखेलमा सविधान सभाबाट संविधान घोषणा भएको असोज ३ लाई पहिलो बर्ष गाँठका रुपमा तामझामका साथ मनाइरहँदा देशभरि नै कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन भएका छन् ।
आन्दोलनरत २७ दलीय गठबन्धनले असोज ३ लाई कालो दिन मात्र भनेका छैनन् कुनैपनि हालतमा हालको संविधान नमान्ने घोषणा समेत गरेका छन् । आवसीय सहर धरानमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् (कुमार लिङ्गदेन), संघीय समाजवादी फोरम, अन्य जनजाति संघ संगठनहरुले पाटीको झण्डासँगै कालो झण्डा बोकेर नारासहित जुलुस प्रदर्शन गरेका थिए । उनीहरुले असोज ३ कालो दिन, संघीयता विरोधी होसियार, अधुरो संविधान मान्दैनौं भन्ने नारा लगाएका थिए । धरानको पब्लिक हाइस्कुलबाट शुरु भएको ¥याली भानुचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सुनसरी सदरमुकाम इनरुवामा आन्दोलरत गठबन्धनले अपरान्ध विशाल जुलुस प्रदर्शन गरेको थियो । जुलुसले सदरमुकामका विभिन्न स्थानको परिक्रमा गरी फोरम चौकमा आमसभा गरेको थियो । संघीय समाजवादी फोरम सुनसरीका अध्यक्ष एस.एन. मेहताले भन्नुभयो वर्तमान संविधान कुनैपनि हालतमा मान्न सकिदैन । यो विभेदकारी सविधान हो । संविधानले जनजाति, पिछडावर्ग, मधेशी, मुस्लिम, दलित कसैको पनि अधिकार सुनिश्चित गरेको छैन । हाम्रो लडाई सबै वर्ग र तहका मानिसहरुको हक अधिकार सविधानमै सुनिश्चित होस् भन्ने हो । गठबन्धनले साँझ ३ घण्टा सदरमुकाम इनरुवामा ब्लाक आउट समेत गरेको थियो । उता सुनसरी जिल्लाको इटहरी, झुक्का, दुहवी लगायतका स्थानमा समेत सविधानका विरुद्धमा नाराबाजी र जुलुस प्रदर्शनहरु भएका थिए ।

तपाईको प्रतिक्रिया